नापीका देशद्रोही कर्मचारीलाई उत्कृष्ट निजामति पुरुस्कार !
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार २०:२३:५८
२१ भदौ, काठमाडौं । देशमा केपी ओली नेतृत्वको सरकार छ । दुई तिहाई समर्थन प्राप्त सरकार शासकीय दृष्टिकोणमा हरेक पाटोमा असफल छ । त्यसैको प्रतिबिम्ब हरेक क्षेत्रमा उजागर भइरहेका छन् । यसैक्रममा देशद्रोह जस्तो जघन्य अपराधकाे आरोप लागेकालाई ओली सरकार दण्डित गर्नुको बदला पुरष्कृत गर्दैछ ।
त्यो उच्च सम्मान र पुरष्कार पाउने व्यक्ति हुन्– नापी विभागका महानिर्देशक प्रकाश जोशी । उनी भोलि निजामती सेवा दिवसमा उत्कृष्ट कर्मचारीका रुपमा पुरष्कृत हुँदैछन् । जोशी के काम गरेवापत् पुरष्कृत हुँदैछन् त भन्दा देश बेचेकाे आरोप लागेवापत । नेपाल र भारतीय सीमा क्षेत्रको हरेक वर्ष नापी सर्वेक्षण हुने गरेको छ । यसैक्रममा पश्चिम नेपालको कञ्चनपुर क्षेत्रमा पर्ने सीमाको समेत सर्वेक्षण गरिन्थ्यो ।
तर ०५८ सालदेखि ०६० सालसम्म नेपाली टोलीले आफ्नो क्षेत्रमा पाइला नै नटेकी नापी सर्वेक्षण ग¥यो । सो टोलीको नेतृत्व गर्ने व्यक्ति र टोलीमा को को थिए भन्ने हालसम्म नखुलाईए पनि सोे टोलीले भारतीय पक्षले तयार गरेको “स्ट्रिप नक्शा” लाई नै आधिकारिक भनी सहीछाप गरेर आयो । त्यस अवधिभर नेपाली टोली भारतीय भूमिमै बस्यो । सम्बन्धित जिल्लाका सत्तारुढ नेकपाकै सांसदहरुले बिरोध जनाईरहेको सो नक्सालाई हालका महानिर्देशक जोशीले यस आर्थिक बर्षमा पनि सदर गरेपछि उनको देशद्रोही भेष उदाङगो भएको नापी विभाग स्रोतको भनाई छ । यसबारे महानिर्देशक जोशीसँग प्रतिक्रिया लिन नेपालबहस डटकमको दुई दिनसम्मको लगातारको प्रयास सफल हुन सकेन् । जोशीको मोवाइल नम्बरमा फोन गर्दा नत उनले फोन नै उठाए नत कलब्याक नै गरे ।
त्यतिबेला नेपालमा माओवादीले सशस्त्र द्वन्द्व सञ्चालन गरेको भन्दै नापीको टोलीले भारतीय पक्षले तयार गरेको सर्वेक्षणमा सहीछाप गरी फर्कियो । तर त्यसो गर्दा नेपालले हजारौं विगाह जमिन गुमाउनु परेको छ । अहिले नेपाली भूमि भारतीय नक्शामा परेको छ । यद्यपि यसको आधिकारिकता भने द्विदेशीय हस्ताक्षर गरेपछि मात्र हुनेछ । तर नापीकोे टोलीले गरेको लापरवाहीले देशले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ । यसमा करेक्सन गर्नेतर्फ जोशीले कुनै तदारुकता देखाएका छैनन्, उल्टै हरेक बर्ष त्यसैलाई सदर गर्दै गईरहेको विभाग स्रोतले दावी गरेको छ ।
जोशीका कर्तुत
हाल नापी विभागमा महानिर्देशक बन्न सफल जोशी सधैं विवादास्पद कर्मचारी मानिन्छन् । भ्रष्टाचार र अनियमिततामा उनी सबैलाई उछिन्ने कीर्तिमानी कर्मचारी मानिन्छन् । बैतडी जिल्ला स्थायी ठेगाना रहेका जोशी हरेक पार्टीका नेताहरुसँग साँठगाँठ मिलाउन सिपालु मानिन्छन् । समाचार स्रोतका अनुसार उनी विदेशी शक्ति केन्द्रसँगसमेत निकट सम्बन्ध राख्ने खुबी भएका कर्मचारी हुन् ।
नापी विभागका एकजना उच्च कर्मचारीले नाम नबताउने शर्तमा नेपालबहस डटकमसँग भन्छन् “त्यसको छनक उनले सरकारले जारी गरेको नेपालको नयाँ नक्शा प्रकरणमा समेत दिए । भारतीय दूतावासका फ्रस्र्ट सेक्रेटरी ( शर्माजी ) सँग उनको हिमचिम राम्रै छ । उनीमार्फत नेपालका हरेक सूचना शर्माजीले पाउने गरेका थिए । नेपालले नयाँ नक्शा जारी गर्न लाग्दा सरकारी तहबाट भइरहेका सबै कामबारे उनले भारतीय दूतावासमा रिपोर्टिङ गर्ने गर्थे । उनै सेक्रेटरीले मन्त्रीलगायत नेपाली पदाधिकारीहरुलाई फोन गरी सबै कुरा सुनाउने गर्थे ।” त्यति धेरै पहुँच भएका जोशीलाई सरकारले उत्कृष्ट कर्मचारी पुरष्कार दिइरहेको छ ।
सरोकारवालाहरुको विरोध
सीमा क्षेत्रमा दुवै मुलुकका नापीका कर्मचारी बसेर गरिने सर्वेक्षण एकपक्षीय भएको र नेपाली टोलीले गद्धारी गरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । सर्वेक्षणका बेला नेपाली पक्षका नापी कर्मचारीले नेपाली भूमिको सर्वेक्षण नगरी भारतीय पक्षले तयार गरेको “स्ट्रिप नक्शा” मा हस्ताक्षर गरेर देश बेच्ने काम गरको भन्दै कारबाही गर्न आग्रह गरेका छन् । नापी विभागका केही भ्रष्ट र कामचोर कर्मचारीको लापरबाही र कमजोरीका कारण कञ्चनपुर जिल्लामा पर्ने भारतीय सीमासँग जोडिएका हजारौं बिगाहा जमिन र गाउँवस्तीसमेत भारतीय पक्षको कब्जामा पुगेको खुलेपछि सरोकारवालाहरुको विरोध चुलिएको हो ।
कञ्चनपुरको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नरबहादुर धामीले सरकारी कर्मचारीको लापरवाहीका कारण नेपालले त्यत्रो जमिन गुमाउने अवस्था सिर्जना भएको बताए । उनले भने– कर्मचारीको लापरवाहीले हामीले बर्सेनि लाखौं रुपैयाँ कमाउने एउटा तालसमेत गुमाउनुपरको छ । हाल भारतले आफ्नो भूमि भनी दाबी गरेको उक्त पोखरीमा स्थानीय सरकरले बर्सेनि माछापालन गर्दै आएको थियो । जिल्ला विकास समितिको स्वामित्वमा रहेको उक्त पोखरी अहिले भारतले आफ्नो भन्न थालेको भन्दै यसबाट नेपालले आफ्नो सम्पति गुमाउनुपरेको जानकारी दिए ।
नापीका कर्मचारीले गल्ती गर्दा देशले त्यत्रो नोक्शानी ब्यहोर्ने भन्ने कुरा आउँदैन भन्दै सांसद धामीले गल्ती गर्ने कर्मचारीलाई देशद्रोही घोषित गरी तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । नेपालको भूमि भएपनि भारतीय पक्षले भोगचलन गरिरहेको जानकारी दिंदै उनले उक्त नक्शा तत्काल खारेज गरी पुन सर्वेक्षण गरिनुपर्ने बताए । नेपालको नून खाएर भारतको सोझो गर्ने कर्मचारीहरुलाई कारबाही गरेर सरकारले दण्डहिनता अन्त्य गर्नुपर्ने उनको भनाई छ ।
उक्त गलत नक्शा तत्काल सच्याउन कञ्चनपुरका स्थानीय जनप्रतिनिधिलगायत सरकारी प्रतिनिधि सम्मिलित पदाधिकारी बोलाएर गत बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो । यसैगरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुरका संयोजक पल्लबराज भट्टले पनि नापी कर्मचारीका त्रुटीका कारण नेपालले समस्या भोग्नुपरेको बताए ।
नापीका कर्मचारीले जानेर वा नजानेर भएपनि ठूलो त्रुटी भएको छ, त्यसलाई तत्कालै सच्याउनेतिर जानुपर्छ – भट्ट भन्छन् ।
नेपाली स्वामित्वको जमिनको भोगचलन भारतले गर्ने अवस्था आएकाले नेपाल सरकार सजग हुनै पर्ने उनको तर्क छ ।नेपाली पक्षको नेतृत्व गर्ने टोली भारतमै बसेर उनीहरुले तयार गरेको स्ट्रिप नक्शामा हस्ताक्षर गरेकाले समस्या भएको उनको ठम्याई छ । त्यसमा नेपाली पक्ष चुकेकै हो, नियतवश हो वा नजानेर होस् तर नेपालले धेरै गुमाउनुपर्ने अवस्था आएको छ भन्दै संयोजक भट्टले पुरानो गल्ती तत्काल सच्याउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार