सुदूरपश्चिममा कोरोना संक्रमित निको हुने बढ्दै, गण्डकीमा ६९ थपिए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार २१:८:८
![](https://nepalbahas.prixacdn.net/media/albums/Corona-11_oqhqjUI30z.jpg)
१ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । पीसीआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको देखिएको छ ।
प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक महिनाअघि भने कूल जाँच गरिएका नमूनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना संक्रमण भएको देखिएको थियो । सङ्क्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ ।
एक महिनाअघि सम्म कूल संक्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए । यही भदौ २० गतेसम्म आइपुग्दा कूल संक्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् ।
यद्यपि दैनिक रुपमा संक्रमित फेला पर्ने र डिस्चार्ज हुनेको सङ्ख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय संक्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ । एक महिनाअघि कूल सक्रिय संक्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो सङ्ख्या ८०९ जना पुगेको छ । कोभिड—१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय संक्रमित बिरामी पनि बढी भेटिने गरेका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रुपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुई-दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रोगको संक्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । यो सँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ ।
तोकिएको मास्क प्रयोग नगरी जथाभावी रुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएमा रोगको जोखिम थप बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाका बिरामी देखिन थालेपछि धनगढी उपमहानगरपालिका–५ का दुई टोलमा शिल गरिएको छ । उपमहानगरपालिकाको पहलमा समुदायस्तरमै कोरोनाको नमूना सङ्कलन र परीक्षणसमेत भइरहेको छ ।
पछिल्लो दुई हप्तायता प्रदेशमा कोभिड—१९ को संक्रमणका कारण हुने मृत्यु दर स्थिर छ । प्रदेशमा मृत्यु दर हाल स्थिर देखिए पनि रोगले जटिल अवस्था ल्याउन सक्ने जोखिम यथावत् रहेको सेती प्रादेशिक अस्पताल धनगढीका ‘कोभिड—१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा शेबहादुर कमर बताउछन ।
उनले भने, “संक्रमित हुनेमध्ये अधिकांश रोगसँग लड्न सक्ने क्षमता भएका युवा उमेरका व्यक्ति भएको र दीर्घरोग लागेका व्यक्ति त्यति ठूलो सङ्ख्यामा संक्रमित नहुनुले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा जटिलता देखिएको छैन ।” संक्रमित एक जनालाई दुई दिनदेखि अस्पतालको आइसियुमा राखेर उपचार व्यवस्थापन भइरहेको डा कमरले जानकारी दिए ।
गण्डकीमा थपिए ६९ कोरोना संक्रमित
गण्डकी प्रदेशमा आज बिहान ६९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको सङ्ख्या दुई हजार ५१६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितमध्ये दुईजना अमरसिंह चोकस्थित पार्कल्यान्ड हस्पिटलमा कार्यरत स्टाफ नर्स, दुईजना लम्जुङको बेसीशहरस्थित रिलायन्स फाइनान्समा कार्यरत कर्मचारी रहेको र बाँकी क्न्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमित सबैलाई आइसोलेसन केन्द्र लैजाने तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार