प्रहरी स्कूलका शिक्षकद्धारा पत्रकार कार्कीमाथि सांघातिक आक्रमण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ०:१९:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Rajaram-Karkis_3YdiXwLXPi.jpg)
२१ भदौ, काठमाडौं । नेपालको एक मात्रै सरकारी समाचार एजेन्सी राष्ट्रिय समचार समिति ‘रासस’का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज बनेपामा सांघातिक आक्रमण भएको छ । बनेपा नगरपालिका वडा नं. ८ बसपार्कमा एक हार्डवेयर पसलमा सामान किनिरहेका बेला सूर्यविनायक नगरपालिका वडा नं. १० का उद्धव कार्कीले एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गर्दा कार्कीको टाउकोमा चोट लागेको छ । आक्रमणबाट बचाउन सोही स्थानमा रहेका व्यक्तिहरुले प्रयास गर्दा पनि निरन्तर आक्रमण गरी घाईते बनाइएका थिए ।
पीडित कार्कीले आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका छन् । पीडितको निवेदनका आधारमा आक्रमण गर्ने उद्धव कार्कीलाई प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । आक्रमण गर्ने व्यक्ति काभ्रेपलाञ्चोकको साँंगास्थित नेपाल प्रहरी स्कूलका शिक्षक समेत हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ पत्रकार कार्कीमाथि भएको आक्रमणको निन्दा गरेको छ । महासंघ आज विज्ञप्ती जारी गरी महासंघ काभ्रे शाखाका सदस्यसमेत रहे्का कार्कीलाई भक्तपुरको सूर्यविनायक नगरापालिका–१० घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति महासंघले निन्दा गरेको हो ।
महासंघले पत्रकारलाई त्रसित बनाउने अपराधिक कार्यमा संलग्न कार्कीमाथि कानूनी कारवांही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाधरुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । साथै, महासंघले घाइते पत्रकारको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यसैबीच नेपाल प्रेस युनियनले समेत विज्ञप्ती जारी गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ । प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले विज्ञप्ती जारी गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । युनियनका केन्द्रीय सदस्य राजाराम कार्कीमाथि भएको सांघातिक आक्रमणप्रति युनियन केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको जनाइएकाे छ ।
साे घटनाको युनियनले घोर भत्सर्ना गर्दै आक्रमणमा प्रहरी विद्यालयमा कार्यरत उद्धव कार्की प्रत्यक्ष संलग्न हुनुले घटना प्रहरी बलको आडमा भएको देखिएको बताएकाे छ । युनियनले सांघातिक आक्रमण गर्ने उद्धव कार्कीलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कार्बाहीको लागि स्थानीय प्रशासनसँग माग गर्दै स्थानीय अस्पतालमा उपचार गराईरहेका केन्द्रीय सदस्य राजाराम कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ ।
यसैगरि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले विज्ञप्ती जारी गर्दै पत्रकार कार्कीमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेको छ । घटनाको भत्र्सना गर्दै महासंघ दोषीमाथि कडा कारवाहीको माग गर्दै घाइते कार्कीको तत्काल उपचार र क्षतिपूर्तिसमेत सम्बन्धित व्यक्तिबाट भराइदिन प्रशासनसमक्ष माग गरेको छ । त्यस्तै नेपाल प्रेस युनियन जिल्ला शाखाले विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार