कांग्रेस प्रष्ट हुनुपर्ने यी बिषयहरु
इन्द्र रिजाल
भदौ २१, २०७७ सोमबार २:१२:२३
२१ भदाै, काठमाडौं । अंग्रेजी साहित्यका चर्चित कवि विलियम वर्डस वर्थले लेखेको एउटा कविता ‘दी लास्ट लिडर’ नेपाली राजनीतिक वृत्तमा सान्दर्भिक लाग्छ । वर्डस वर्थले आफ्नो कवितामा राजनीतिक नेतृत्वप्रतिको सम्मान र घृणा बडाे मार्मिक ढंगले प्रस्तुत गरेका छन् । जनताले धरै भरोशा गरेका नेताहरु नै पथभ्रष्ट र गैरजिम्मेवार भएपछि जनतामा आउने निराशा र कुण्ठाको बेजोड प्रस्तुति रहेको उक्त कविता नेपालको समसामयिक राजनीतिक क्षितिजको यथार्थ चित्रणका रुपमा लिन सकिन्छ ।
खासगरी बहुदलीय व्यवस्थाको पुनस्थापनापछि नेपाली जनताले राजनीतिक दल र नेतृत्वप्रति ठूलो भरोशा गरेका थिए । अझै खुट्याएरै भन्नुपर्दा नेपाली कांग्रेसप्रति नेपाली जनताले ठूलो अपेक्षा गरेका हुन् । त्यसैले बहुदलीय व्यवस्था पुनस्थापनापछि कांग्रेसलाई नेपाली जनताले बहुमत दिएका थिए । तर नेताहरुको स्वार्थ र एकलौटी गर्ने प्रवृत्ति नागरिकले लामो समय रुचाएनन् । रुचाउने कुरा पनि भएन । त्यसैले बेला बेला नराम्रो सबक सिकाउने गरेका छन् जनताले नेपाली कांग्रेसलाई । त्यसैको पछिल्लो कडीका रुपमा ०७४ सालको आम निर्वाचन थियो । कांग्रेस जस्तो गौरवशाली इतिहास बोकेको पार्टी आज संसद्मा शीला खोज्नुपर्ने अवस्थामा छ । तर कांग्रेसमा अझै चेत खुलेको छैन ।
कांग्रेस नेतृत्वको गलत रबैयाप्रति असहमति जनाएको प्रतिक्रिया स्वरुप सत्तामा पुगेको नेकपा अहिले सबैभन्दा बदनाम छ । जनतामा ठूलो निराशा र आक्रोश छ । भावनामा बगेर कम्युनिष्टहरुलाई भोट दिएकोमा नेपाली जनतामा ठूलाे पछुतो छ । विगतको गल्ती सच्याउने मौकाको खोजीमा जनता छ । त्यो मौका आउने भनेको आमचुनाव नै हो । आउने चुनावमा कांग्रेस सबैभन्दा बलियो शक्तिका रुपमा उदाउने वातावरण छ । तर त्यसका लागि जनता चाहन्छ नयाँ सोचका साथ नयाँ नेतृत्व ।
आगामी चुनावमा बामपन्थीहरुसँग कसरी लड्ने भन्ने सन्दर्भमा नेतृत्वको कुनै भिजन छैन । शेरबहादुर देउवाले केपी ओलीसँग सत्ता यात्रा गरेको कसैले रुचाएका छैनन् । चुनावमा जनताले कांग्रेसलाई भाई कम्युनिष्ट भन्ने अवस्था छ । त्यसैले मूलतः कांग्रेसले तीन चारवटा पक्षमा आफूलाई दुरुस्त बनाउनु आवश्यक छ । आगामी चुनावमा काग्रेसले प्रष्टसँग जनतालाई भन्नुपर्ने एउटा मुद्धा हो, धर्म निरपेक्षता ।
धर्मका बारेमा कांग्रेस प्रष्ट भयो भने जनतामा नयाँ खाले विश्वास पलाउँछ । झण्डै ९० प्रतिशत नेपाली ओमकार समुदायसँग जोडिएका छन् । त्यसैले बहुमत र संख्याको भावनामा कांग्रेस पस्न सक्नुपर्छ । विगतमा कम्युनिष्टको मुद्धाका रुपमा रहेको धर्म निरपेक्षता आम नेपालीको भावना र चाहना विपरित छ । यो विषयमा कांग्रेस प्रष्ट भएर जनतासमक्ष जानुपर्छ । त्यसले मात्रै कांग्रेसप्रति जनताको विश्वास जागृत हुनेछ ।
दोस्रो मुद्धा भनेको गणतन्त्र हो । अहिले हामीले अभ्यास गरिरहेको गणतन्त्रले बहुलवादी समाजलाई कस्तो प्रभाव पारेको छ ? त्यसको समीक्षा हुनैपर्छ । हामी गणतन्त्रका नाममा धेरैवटा छोटे राजाहरुलाई त पालिरहेका छैनौं ? प्रश्न गम्भिर छ । त्यसैगरी अर्काे विषय संघीयता हो । संघीयता आम नेपालीका लागि रुचीकर छ, छैन ? त्यसको स्वतन्त्र रुपमा आंकलन गर्न कांग्रेस चुक्नु भएन । संघीयता कार्यान्वयन भएको यत्तिका समय नेपाली जनताले के पाए वा के गुमाए ? त्यसको विश्लेषण गर्नु जरुरी भइसकेको छ । संघीयताका नाममा हामीले अभ्यास गरेको प्रान्तीय सरकारको दरकार कत्तिको छ, त्यसको पनि मूल्याङ्कन हुनुपर्छ । आम जनताले त्यसको जवाफ खोजेको बेला छ ।
यसैगरी कम्युनिष्टसँग राख्ने सम्बन्धबारे पनि कांग्रेस प्रष्ट हुनुपर्छ । बीपी कोइराला प्रष्ट थिए– कम्युनिष्टबारे । दरबारको जुठो खाएर कांग्रेस विरुद्ध उफ्रने कम्युनिष्टसँगको सम्बन्धबारे बीपीमा कुनै भ्रम थिएन । त्यसैले जीवनपर्यन्त उनले कम्युनिष्टसँग कार्यगत एकतासमेत गर्न चाहेनन् । तर पछिल्लो पुस्ताले आफूलाई कांग्रेस भनाउनै नमिल्ने अवस्थामा पु¥यायो । खासगरी अहिले सभापति देउवाको शैली र व्यवहार ज्यादै निराशाजनक देखिएको छ ।
सत्ताका लागि जस्तोसुकै सम्झौत नगर्ने देउवा प्रवृत्ति आम जनताले चाहेको होइन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्रीलाई भरतपुरमा जिताउन देउवाले कांग्रेसीहरुलाई हँसिया हतौडामा भोट हाल्न बाध्य पारे । त्यति मात्र होइन, उनले सासुआमाको जागिर जोगाउन ओलीसँग सत्ता साझेदारी नै गरे । यो क्रम जारी छ । तर कांग्रेसका लागि यो सबैभन्दा घातक भएको छ ।
त्यसैले माथि उल्लेख गरिएका मुद्धामा अब कांग्रेस प्रष्ट हुनैपर्छ । अनि मात्र आउने चुनावमा कांग्रेसप्रतिको आकर्षण बढ्ने छ । त्यसका लागि सही नेतृत्व आवश्यक छ । जो देउवाबाट सम्भव छैन । फेरि पनि वर्डस वर्थकै भावनालाई अभिव्यक्त गर्ने हो भने देउवाप्रति आम जनतामा सम्मान कम घृणाभाव बढी छ । यो यथार्थलाई आत्मसात गर्न सक्यो भने कांग्रेस फेरि जनताको मनमस्तिष्कमा छाउने छ ।
पञ्चायती व्यवस्थाको अन्त्यसँगै आम नागरिकमा आशा र अपेक्षा चुलिएको थियो । नेपाली कांग्रेस र नेपालका कम्युनिष्ट पार्टीले त्यसयता पटक पटक अवसर पाए । तर नागरिकका लागि उनीहरुबाट कुनै गतिलो काम भएन । बहुदल आएको झण्डै चार दशक हुन लाग्यो तर लोकतन्त्र अझै संकटग्रस्त छ । यतिका समय एउटै व्यक्ति पटक पटक नेतृत्वमा देखापरेको छ । चाहे नेपाली कांग्रेस होस् वा कम्युनिष्ट पार्टी नै किन नहुन् ।
०४६ सालको परिवर्तनपछिको कालखण्डको समीक्षा गर्दा उही अनुहार र चरित्र फेला पर्छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा मात्र होइन, अहिले प्रतिपक्षी भूमिकामा धकेलिएको नेपाली कांग्रेसमा समेत उही थोत्रा मानिसको हालीमुहाली छ । नेपाली कांग्रेसकै कुरा गरौं । देशको सबैभन्दा पुरानो पार्टी कांग्रेस आज इतिहासमा सबैभन्दा कमजोर र हुतिहारा बनेको छ । संसद्मा रहेको उपस्थिति लाजमर्दाे छ । उसले आफ्नो हैसियत अनुसारको प्रतिपक्षीय भूमिकासमेत निर्वाह गरेको छैन ।
पार्टी सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा कांग्रेस केन्द्रीय कार्यालय जानुभन्दा प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटार जान बढी गौरव गर्छन् । किनभने सानेपा जाँदा उनले पाउने केही छैन, तर बालुवाटार पुग्दा सत्ता साझेदारी गर्न पाइने आशा रहेको छ । नेपाली कांग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीका जुटेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार