कांग्रेसले ‘नेपाल पुकार’ प्रिन्ट र डिजिटल माध्यममा प्रकाशन गर्ने
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २१:४६:१९
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिमार्फत यही भदौ २० र २१ गते सम्पन्न बैठकले सो निर्णय गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए ।
विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले कांग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अभियान शुरूवात गर्ने निर्णय गरेको हो । बैठकले ‘प्रविधि मैत्री अभियान’ को शुरूवातमा पार्टीको वेबसाईटलाई यथाशीघ्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने तथा प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले गोवर्धन राना मगरको संयोजकत्वमा वेबसाट संयोजन उपसमिति, डा सुरेश आचार्यको संयोजकत्वमा छहारी संवाद संयोजन, ई दीपेश विष्टको संयोजकत्वमा प्रविधि संयोजन, नीर शाहको संयोजकत्वमा टेलिभिजन नेटवर्क सूचना संयोजन, गोपाल झाको संयोजकत्वमा रेडियो नेटवर्क सूचना संयोजन र दिनेश थापा मगरको संयोजकत्वमा नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति गठन गरेको छ ।
यसैगरी बैठकले कोरोना सङ्क्रमणको वृद्धिदर र मृत्युदर दुवै तीव्र ढङ्गले बढ्दै गएका स्थितिमा जनचेतनामा निर्वाह गर्न सरकारलाई दिने सुझाव अवधारणा निर्माण गर्न डा अञ्जनी झाको संयोजकत्वमा ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ । त्यस्तै बैठकले विभिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरङ्ग नेपालीलाई अध्ययन कार्यदलको संयोजकको अभिभारा सुम्पेको छ ।
पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधिमार्फतको विशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरी प्रस्तुत गर्न विकल राईलाई कार्यदल संयोजकका रूपमा जिम्मेवारी सुम्पिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार