आँधीखोलाका वडाध्यक्ष पनेरुले व्यापक भ्रष्टाचार गरेको आरोप, कांग्रेसले बुझायो १२ बुँदे ज्ञापनपत्र
नेपालबहस संवाददाता
भदौ २२, २०७७ मंगलबार ०:५६:२४
२२ भदौ, स्याङ्जा । स्याङ्जाको आधिखोला गाउँपालिकामा व्यापक भ्रष्ट्राचार र अनियमितता मौलाएको भन्दै स्थानीय जनताले आवाज उठाउन थालेका छन् । त्यसमा पनि वडा न. ५ मा व्यापक भ्रष्ट्राचार, अनियमितता र स्वच्छन्दतावाद हावी हुँदै गएकोमा स्थानीय जनताले वडाध्यक्ष कृष्णप्रसाद पनेरुमाथि यथाशिघ्र छानविन र कारवाहीको माग गरेका हुन् ।
दुई तिहाईका नाममा नेकपाको स्थानीय सरकारले आम जनताको भावना र चाहना विपरित विकास निमार्णमा संस्थागत भ्रष्ट्राचार, कमिशन, दलाली, अवैज्ञानिक स्थानीय कर लगाई सुविधाभोगी प्रवृत्ति अंगालेको आरोप नेपाली कांग्रेस आँधीखोला गाउँ समितिले लगाएको छ ।
गत भदौ १२ गते आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेललाई बुझाइएको ज्ञापनपत्रमा विकासका नाममा विकृति, विसंगति निम्त्याउनुका साथै चरम भ्रष्टाचार र अनियमितता गरेको उल्लेख छ । आँधीखोला गाउँपालिकाको ६ वटा वडामध्य वडा न. ५ का विकृति र विसंगतिको बारेमा स्थानीय सरकारको ध्यानाकर्षण गराउने ज्ञापनपत्रको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै कांग्रेसले आँधीखोलाबासीको धैर्यताको बाँध टुटिसकेको दावी गरेको छ । कांग्रेस सभापति नारायणप्रसाद पौडेलको नेतृत्वमा गएको एक टोलीले बुझाएको ज्ञापनपत्रमा विशेष गरि आँधीखोला ५ का वडाध्यक्ष पनेरुका अनियमित क्रियाकलापहरुको बुँदागत रुपमा उल्लेख गरिएको छ ।
सो टोलीमा आँधीखोला गाउँपालिकाका उपविजेता अध्यक्ष एवं प्रतिपक्ष कांग्रेसका नेता प्रदीप पौडेल, क्षेत्रीय कोषाध्यक्ष थमन बोगटी, अधिवक्ता एवं समाजसेवी बद्री पौडेल, वडा कमिटी सभापति बालबिक्रम केसी, सचिव मन्जु पनेरु, बिष्णु लामिछाने, माया नेपाली, गुरुदत्त शर्मा, याम नारायण, ईन्द्र श्रेष्ठ लगायत सहभागी थिए । सभापति पौडेलले ज्ञापनपत्र पढेर सुनाएका थिए भने अध्यक्षका प्रत्यासी प्रदीप पौडेलले ज्ञापनपत्रको औचित्यमाथि प्रकाश पारेका थिए । साे अवसरमा वडाध्यक्ष पनेरू पनि उपस्थित थिए ।
क्याम्पसतर्फ जाने चार सय मिटरमध्ये ८० मिटर मात्र गरिएको सडक निमार्णमा चरम भ्रष्टाचार भएको ठहरसहित नेपाली कांग्रेसले आँधीखोला गाउँपालिकालाई १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । १२ लाखको बजेटमा मूलसडकबाट प्रद्युम्न बहुमुखी क्याम्पस जाने सडक बनाउन झण्डै ४ लाख रुपैयाँ अनियमितता भएकोे आरोप स्थानीयले लगाउँदै आएका छन् ।
लकडाउनको समयमा वडाध्यक्ष कृष्ण पनेरुको सक्रियतामा पूर्व शिक्षकसमेत रहेका अर्का स्थानीय कृष्णप्रसाद पनेरुको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि स्थानीय पूर्वाधार विकास कोषको बजेटबाट १२ लाख रुपैयाँमा सडक निमार्ण गरिएको थियो । निमार्ण जारी रहँदा नै उक्त सडकको पीच १५ दिनमै उप्किएपछि अनियमितता भएको आवाज उठेको थियो ।
स्थानीयको गुनासो पश्चात नेपालबहस डटकमले यसबारे विस्तृत समाचार समेत प्रकाशित गरेको थियो । समाचार प्रकाशित भैसकेपछि आँधीखोला गाउँपालिकाका अध्यक्षसहितको प्राविधिक टोलीले निरीक्षण गर्दा स्टीमेट बमोजिम सडक निमार्ण गुणस्तरीय नभएको भन्दै निमार्ण सुधार्न निर्देशन दिएको थियो । तर वडाध्यक्ष पनेरुले नेपालबहससँग कुरा गर्दै बजेट भन्दा २५ प्रतिशत बढी काम गरेको, ६५ मिटरको सट्टा ८० मिटर लम्बाई, १५ सेन्टी मोटाईको ढलान, ४ मिटरको सट्टा साढे चार मिटरको चौडाईको सडक तथा एक मिटरको सट्टा डेढ मिटर उचाईको नाली बनाएको दावी गरेका थिए ।
कागजमा काम, भुक्तानी गोजीमा !
वडाध्यक्ष पनेरुकै योजनामा ५ नम्बर वडामा सडक, नहर तथा पोखरी निर्माणमा चरम भ्रष्टाचार र अनियमितता भइरहेको नेपाली कांग्रेसको दावी छ । स्थानीय सरकारको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत जुग्ले कपरेडाँडा ग्रामीण मोटरबाटोमा राजनीतिक आस्थाका आधारमा निकासा भैसकेको बजेट समेत अन्यत्र मोडी अनियमिता गरेको बुँदा १ मा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रको २ नम्बर बुँदामा कुन्तिका, निस्ति, भञ्ज्याङ ग्रामीण सडक निमार्णको नाममा करोडौंको राज्यको लगानीमा नहर योजनाको ल.ई समेत बिगारी बारम्बार ल.ई. बदली संरचना बिगार्दै रकम सिध्याउने गरेर पञ्चायतकाललाई बिर्साउने हर्कत गरेको उल्लेख छ । पञ्चायतकालमा सडक, पोखरी निर्माण गर्ने भन्दै कागजी योजना बनाउने, बजेट माग्ने, पोखरी खन्ने पुर्ने फेरि अर्को बर्ष बजेट माग्ने जस्ता राज्यदोहन हुने गरेको स्मरण गराउँदै अहिले गणतन्त्रमा पनि वडा न. ५ मा सोही कागजी योजना सम्पन्न भएको भन्दै भुक्तानी लिने गैरजिम्मेवार काम भएको उल्लेख छ ।
यसैगरि बुँदा न. ३ मा प्रद्युम्न पनेरु माविको शैक्षिक वातावरण गिर्दो रहेको, ऐतिहासिक तथ्य र दस्तावेजहरु लत्याउने काम भएको तथा २०७५ सालमा भएको स्वर्ण महोत्सवले भ्रष्ट महोत्सवको परिचय पाएको उल्लेख गरिएको छ । अख्तियारमा परेको उजुरी दवाउन उसले दिएको नीति निर्देशन र पत्रहरुलाई विषयान्तर गरि कमी कमजोरीलाई ढाकछोप गर्ने काम भएको पनि सो बुँदामा दावी गरिएको छ । स्मरणीय के छ भने त्यतिबेला उनै पनेरु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका थिए ।
यस्तै बुँदा नं. ४ मा प्रद्युम्न पनेरु माविको भवन बनाउँदा नै ठूलो रकमको चलखेल भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘प्रद्युम्न पनेरु माविलाई दुईतले चारकोठे भूकम्प प्रतिरोधी भवन निर्माणमा आर्थिक चलखेल र कमिशनको कारणले गुणस्तरहीन काम भएको सम्बन्धित क्षेत्रका प्राविधिकले दिएको सुझावलाई वास्ता नगरी २० प्रतिशत आर्थिक चलखेल गरी अभिभावकलाई समेत अन्यौलमा पार्ने काम गरिएको छ’ ज्ञापनपत्रमा भनिएको छ । यस्तै रंगेठाँटी बजार प्रवेश गर्ने जिरोदेखि प्रद्युम्न पनेरु बहुमुखी क्याम्पससम्म जाने मोटरबाटो निर्माणमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरीलाई समेत छायाँमा पार्ने काम गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
‘सांसद विकास कोषबाट छुट्टिएको बजेट खर्च गर्दा लागत इष्टिमेट विपरित नाकाबाट निर्माण कार्य गर्नुपरेमा उल्टो गतिले काम गरिएको, गुणस्तरहीन भनी सचेत उपभोक्ताले आवाज उठाएपछि अनेक मिडियाबाजी गर्दै उपभोक्ता समितिका केही व्यक्तिलाई आफ्नो प्रभावमा पारी बोल्न लगाएर आर्थिक चलखेल र अनियमिततालाई ढाकछोप गरी आफू पानी माथिको ओभानो बन्न खोजेको, ल.ई. विपरित वडाध्यक्षको आगँनसम्म जानेबाटो निर्माण गरी सकेपछि उपभोक्ताको असन्तुष्टि बढ्दै गएपछि केही नगद, रड, छड, सिमेन्ट आदि फिर्ता गरेको र अन्त्यमा पुनः केही काम थप गरी अनुगमन समितिबाट काम सम्पन्न गरेको भनी रकम भुक्तानी लिइएकोमा उक्त काममा व्यापक अनियमितता भएको आम जनता र उपभोक्ता सामु छर्लङ्ग छ । अतः यस सम्बन्धमा अख्तियारमा परेको उजुरीलाई समेत छायाँमा पार्ने काम गरियो’ ज्ञापनपत्रको ५ नम्बर बुँदामा उल्लेख छ ।
यस्तै बुँदा न. ६ मा प्रद्युम्न पनेरु माविको ०७५ सालमा मनाइएको स्वर्ण महोत्सवमा विद्यालयको ऐतिहासिक पृष्ठभूमिको खोजी गर्न गठित छानविन समितिले बुझाएको प्रतिवेदनको मर्म रभावना विपरित ६७ औं जन्मजयन्ती र स्वर्ण जयन्ती मनाउने निर्णय विपरित अन्तिम समयमा स्वर्ण जयन्ती मात्र मनाउने भन्दै समस्त शिक्षाप्रेमी एवं विद्यालय संस्थापकका छोरानाती तथा अन्य दाताले अक्षयकोषमा दिन लागेको लाखौं रकम रोकी सहयोगी तथा दाताहरुको मनमा मानसिक आघात पु¥याएको बताइएको छ । सो बदमासी तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय प्रशासनले गरेपछि नै विद्यालयको शैक्षिक, आर्थिक र भौतिक स्तर दिन दुगुना रात चौगुना गिर्दो भएकोले त्यसको जिम्मा लिर्दै निकासको उपयुक्त वातावरण तयार गर्न माग गरिएको छ ।
स्रोतसाधन दुरुपयोग, चरम भ्रष्टाचार !
वडाध्यक्ष पनेरुको योजनामा सडक, स्वास्थ्य चौकी, खानेपानीमा पनि चरम भ्रष्टाचार भएको कांग्रेसको ठहर छ । राजनीति र राज्यशक्तिको आडमा महत्वपूर्ण परियोजनामा वडाध्यक्ष पनेरु चुर्लुम्म डुबेको पनि कांग्रेसको आँधीखोला गाउँपालिका सभापति पौडेलको भनाई छ ।
स्वास्थ्य चौकीको स्तरोन्नति गरि सबैलाई पायक पर्ने स्थानमा सार्न भन्दै स्थानीय लाकुरीका पौडेल परिवारले निशुल्क दिएको जग्गामा आधुनिक सुविधा सम्पन्न भवन बनाउने निर्णय भईसक्दा समेत त्यसलाई विषायान्तर गरेको तथा वडा न. ५ को वडा कार्यालय हुँदै लाकुरी, कोत मन्दिर, बांगे पञ्चासेसम्म जोडने मोटरबाटोमा आम किसान र उपभोक्तालाई गुमराहमा राखी वडाध्यक्ष पनेरुको निजी तजबिजमा भुबनोटको ख्यालै नगरी नाका बंग्याएर खेतीयोग्य जमीन तथा स्वास्थ्य चौकीको भविश्यमाथि नै प्रश्नचिन्ह खडा गर्ने काममा पनेरुको आर्थिक स्वार्थ लुकेको आरोप लगाइएको छ ।
कांग्रेसले ‘वडा नं. ५ को वडा कार्यालय सरकारी हो वा नेकपाको पार्टी कार्यालय हो भन्ने गम्भिर प्रश्न पनि उठाएको छ ।सम्बन्धित वडाध्यक्षले राजनीतिक मूल्य, आदर्श, र सिद्धान्त विपरित इतर राजनीतिक दलमा र विशेषगरी नेपाली कांग्रेसमा आस्था राख्ने साधारण व्यक्तिहरुलाई कतै कुनै योजना दिन्छु, विकास निर्माणको काम दिन्छु, खानेपानी र पाइप दिन्छु आदि प्रलोभन देखाउँदै वडा कार्यालयमा बोलाएर स्वंयम गाउँपालिकाका प्रमुखको रोहवरमा हाम्रो पार्टी प्रवेश गरेका भन्दै अविर जात्रा गर्दै आउनु भएको छ’ विज्ञप्तीको बुँदा नं. ९ मा भनिएको छ, ‘यस्ता योजना, विकास निर्माण, पाइप तथा खानेपानी आदि नेकपाले निजी रुपमा दिने हो वा स्थानीय सरकारको बजेटबाट दिने हो ? वडा कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाउने हो वा सरकारी कार्यालय ? पार्टी कार्यालय बनाउने हो भने यस गाउँपालिका अन्तर्गत अस्तित्वमा रहेका सबै राजनीतिक दल र तिनका भगिनी संगठनलाई निर्विरोध आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्न अनुमति दिईयोस् अन्यथा सत्ताको आडमा नेकपाको कार्यक्रमहरु पनि वडा कार्यालयहरुमा गर्न पूर्णरुपमा गर्न प्रतिबन्ध लगाइयोस ।’
त्यसैगरी गोगनपानीका स्थानीयलाई कसैलाई काखा र कसैलाई पाखा गर्दै आफ्ना कार्यकर्ताबाहेकलाई खानेपानीको पाइप किन्न बाध्य पारिएकोमा पनि उक्त ज्ञापनपत्रमा प्रश्न उठाइएको छ । जनताले तिरेको राजश्वबाट छुट्टाइएको बजेटमा भेदभाव गरिएको आरोप बुँदा न. १० मा उल्लेख छ ।
यस्ता अनेकन विषयमा वडाध्यक्ष पनेरुले संकीर्ण राजनीतिको खोल आढेर सानोतिनो स्वार्थमा लिप्त भई सिंगो आँधीखोलाको राजनीतिक क्रियाकलापलाई धमिल्याउने, अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेस आँधीखोला गाउँपालिका समितिले छानविनको माग गरेको हो । जिल्ला कार्य समिति स्याङ्जालाई बोधार्थ लेखिएको पत्रमा वडाध्यक्ष पनेरुको मनलाग्दी गतिविधि रोक्न माग गरिएको छ । साथै कांग्रेसले अख्तियारमा उजुरी परेको हुँदा सो को निष्पक्ष छानविनको पनि माग गरेको छ । उनी वडाध्यक्ष मात्र नभएर आँधीखोला गाउँपालिकाको पूर्वाधार विकास आयोजना समितिका संयोजक पनि हुन् ।
उक्त ज्ञापनपत्र बारे जिज्ञासा राख्दा वडाध्यक्ष पनेरुले “ज्ञापनपत्र आएको छ, तर यो पूर्वाग्रही सोच र राजनीतिक प्रतिसोध साध्न मात्र आएको हो ” नेपालबहससँगको कुराकानीमा उनले यसमा कुनै सत्यता नभएकाे दावी गरेका छन् ।
समाचार रोक्न दौडधुप !
आँधीखोला गाउँपालिकाको अनियमिताका बारेमा श्रृङ्खलाबद्ध समाचार प्रकाशन भएपछि वडाध्यक्ष पनेरुले नेपालबहसको थप समाचार रोक्न दौडधुप गरिरहेको खबर छ । यसअघि प्रेस काउन्सिलमा उजुरी हालेका उनले समाचार प्रकाशन रोक्नका लागि आफूनिकट व्यक्तिसँग पनि रुँदै हारगुहार गरिरहेको बताइएको छ ।
समाचार प्रकाशन भएपश्चात स्थानीयमा व्यापक असन्तुष्टि फैलिनुका साथै अनियमितताका बारेमा निष्पक्ष छानविनको पनि मागको आवाज बढ्दो गतिमा छ । तर यसबारेमा प्रश्न उठाउनेलाई वडाध्यक्ष पनेरुले गलत समाचार भएको भन्दै प्रेस काउन्सिलबाट कारवाही गरिएको भ्रम फैलाउदै हिडेको पाइएको छ ।
वडामा चरम भ्रष्टाचार गरेको स्वीकार नगर्ने वडाध्यक्ष पनेरु चौतर्फी रुपमा आफ्नो बचाउ गर्न असफल भएपछि उनले आफ्ना निकटवर्तीहरुमार्फत प्रभाव पार्ने कोशिश जारी राखेको खबर छ । तर नेपालबहस डटकमले सदैव निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित समाचार मात्रै प्रकाशन गर्दै आएको छ ।
र याे पनि….♦ व्यापक भ्रष्ट्राचार मौलाएको भन्दै आाँधीखोला गाँउपालिकाका वडाध्यक्ष पनेरुबिरुद्ध अख्तियारमा उजुरी
♦ वडा अध्यक्ष पनेरुले गरे सांसद विकास कोषको बजेट स्वाहा, १२ लाखको सडक नबन्दै भत्कियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार