राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्न निर्देशन
नेपालबहस संवाददाता
भदौ २२, २०७७ मंगलबार २:४०:२२
२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्न निर्देशन दिएको छ । बैंकले मंगलवारदेखि आगामी बिहीवारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हाे ।
केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई राजस्व संकलनका लागि तीन दिनसम्म शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ । सरकारले भदौ २५ सम्म राजस्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजस्व उठाउने म्याद नजिकिदै गएको भन्दै केन्द्रीय बैंकले ती संस्थाका शाखा कार्यालयहरु खुला गर्न निर्देशन दिएको हो ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् । अब भदौ २३ देखि २५ गतेसम्म भने बैंकहरुले सबै काउन्टर खोल्नु पर्ने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार