अब सबैको रिचार्ज र ब्यालेन्स बुझ्न एउटै नम्बर
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १३:३८:२५
२३ भदौ, काठमाडौं । सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ । अबदेखि तपार्ईं जुनसुकै सेवा प्रदायकको मोबाइल सेवा प्रयोग गरे पनि एउटै कोड प्रयोग गर्न सक्नुहुने छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ ले यो नयाँ व्यवस्था गरेको हो । जसअनुसार अबदेखि रिचार्जका लागि सबै सेवा प्रदायकका प्रयोगकर्ताले १२२ सर्ट कोड प्रयोग गर्नसक्ने छन् । त्यस्तै ब्यालेन्स पठाउन १३३ र ब्यालेन्स बुझ्न १४४ कोड प्रयोग गर्नसक्ने छन् । प्राधिकरणका अनुसार अबको छ महिनाभित्र सबै सेवा प्रदायकले यो नयाँ व्यवस्था पूर्ण रूपमा लागू गर्नुपर्ने छ ।
नेपाल टेलिकमका प्रयोगकर्ताले अहिले रिचार्जका लागि ४१२ र ब्यालेन्स बुझ्न ४०० सर्ट कोड प्रयोग गर्दै आएका छन् । त्यस्तै एनसेलका प्रयोगकर्ताले ९०१ र ९०० ब्यालेन्स बुझ्नका लागि प्रयोग गर्दै आएका छन् । त्यस्तै रिचार्जका लागि १०२ सर्ट कोड डायल गर्दै आएका छन् ।
कार्यविधिले सर्ट कोडसँग सम्बन्धित निश्चित व्यवस्था पनि गरेको छ । जसअनुसार तीन अङ्कको सर्ट कोड अत्यावश्यक आकस्मिक सेवाका लागि, चार अङ्कको सर्ट कोड जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका निकायका लागि र पाँच अङ्कको सर्ट कोड सेवा प्रदायकलाई अन्य अतिरिक्त सेवा उपलब्ध गराउन उपलब्ध गराइने छ । १० अङ्कको सर्ट कोड टोल फ्रि सेवाका लागि नै प्रयोग हुनेछ ।
अहिले चार अङ्कको सर्ट कोड निजी क्षेत्रका संस्थाले प्रयोग गरेको भए पनि अबको छ महिनाभित्र उक्त नम्बर प्राधिकरणले फिर्ता गर्ने भएको छ । त्यस्ता संस्थालाई १० अङ्कको टोल फ्रि नम्बर उपलब्ध गराइने भएको छ । सेवा प्रदायकले पाँच अङ्कको नम्बर उपलब्ध गराउँदा त्यसबापत शुल्क लिन नपाउने भएका छन् । उक्त अङ्क प्रयोग गरी सेवा सञ्चालन गर्दा त्यसको महसुल दर प्राधिकरणबाट स्वीकृत भने गराउनुपर्ने छ ।
टोल फ्रि नम्बरमा पनि परिवर्तन गरिएको छ । यसअघि १६६० बाट सुरु हुने यस्ता नम्बर अबदेखि १८०० बाट सुरु हुनेछ । टोल फ्रि नम्बर उपलब्ध गराएबापत पनि सेवा प्रदायकले शुल्क लिन पाउने छैनन् तर त्यस्तो नम्बरबाट उपलब्ध गराइने सेवाको महसुल दर प्राधिकरणकै अनुसार हुनुपर्ने छ । एउटा सेवा प्रदायकले प्रदान गरेको टोल फ्रि नम्बरमा अर्को सेवा प्रदायकले सम्पर्क गरेको अवस्थामा अन्तरआबद्धता शुल्क भने प्रदान गर्नुपर्ने छ । यद्यपि यसको भार प्रयोगकर्तालाई भने पर्ने छैन । गोरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार