सिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १४:४९:२२
२३ भदौ, सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार ९०४ मध्ये ८८ हजार १२३ लाभग्राही कायम भएका छन् ।
भूकम्पबाट जिल्लामा ७८ हजार ३३७ घर पूर्णरूपमा क्षति पुगेको थियो तर सरकारले निर्माण गरेको नीति निर्माण र कार्यान्वयनले भत्किएका घरमध्ये १२ हजार ५०० बढी लाभान्वित बनेका छन् । लाभग्राही कायम भएकाले घर बनाउन नसकिरहँदा हालसम्म पनि जिल्लामा दुई हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन् ।
लाभग्राही कायम भएकामध्ये ८८ हजार ११० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताए।
भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपाल्चोकका तीन हजार ५८९ ले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार ५७३ जनाले ज्यान गुमाएका थिए भने ९५ प्रतिशत घर भत्किएको थियो । भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्नलायक रहेका थिएनन् । घर बनाउन सम्झौता गरेर रु ५० हजार लिएकामध्ये ३६ लाभग्राहीले पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म तीन हजार ५८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरेको कार्यालयले जनाएको छ ।
कोरोना कहरका बीच विश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ । जिल्लामा गत चैत ११ गतेपछि मात्रै ९८६ लाभग्राही नयाँ घरमा सरेको पाइएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्याङ्क छ । कार्यालयको तथ्याङ्कका अनुसार लकडाउनयता मात्रै ४२९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । यसैगरी ४८१ लाभग्राहीले दोस्रो किस्ता हासिल गरेका छन् ।
नब्बे हजार ९०४ लाभग्राही ठहर भएकोमा अनुदान सम्झौता गरेर ८८ हजार ११० लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्याङ्क छ । हालसम्म पहिलो किस्ता लिएकामध्ये ८४ हजार ४८५ जनाले दोस्रो किस्ता हासिल गरेका छन् । पहिलो किस्ता लिएकामध्ये हालसम्म ८४ हजार १२६ लाभग्राहीले दोस्रो किस्ता हासिल गर्नका लागि सिफारिस गरिएका छन् भने हालसम्म ७८ हजार ३०२ जनाले मात्रै तेस्रो किस्ता हासिल गर्नका लागि मापदण्ड पूरा गरेका जिल्ला आयोजना कार्यान्वय एकाइ भवनका आयोजना प्रमुख सन्तोष निरौलाले बताए ।
जिल्लामा भूकम्पपछिको पुनःनिर्माण शुरु भएयता एकीकृत बस्ती निर्माणको अभियान शुरु भएको देखिन्छ । जिल्ला हालसम्म २२ वटा एकीकृत बस्ती निर्माण तयारी भएको र १५ वटा एकीकृत बस्तीको भवन निर्माणको कार्यसम्पन्न भएको छ । चारवटा निर्माणाधीन रहेको र तीनवटा बस्ती शुरु गर्ने तयारीमा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० का सूचना अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिए ।
सरकारले कडा र प्रभावकारी नीति बनाउन नसक्दा धेरै समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० का प्रमुख निरौलाले बताए। “सरकारले नीति कडा र प्रभावकारी बनाउन सकेन तसर्थ पुनःनिर्माणको सवालमा धेरै चुनौती र समस्याहरु पैदा भएका छन्”, उनले भने ।
त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भौगर्भिक अध्ययन तथा जग्गा व्यवस्थापन शाखाले जिल्लाका विभिन्न निकायसँगको समन्वय गरी २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको निष्कर्ष निकालेको थियो भने ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको थियो । यसअनुसार स्थानान्तरण नहुँदा पनि पुनःनिर्माणमा समस्या पैदा भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार