को बन्ला नुवाकोट कांग्रेसको आगामी सभापति ?
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १८:४२:५९
♦ मधुकर पाण्डे
२३ भदौ, नुवाकोट । कांग्रेसको आगामी १४ औं महाधिवेशनको सरगर्मी शुरु हुने बेला कोभिड महामारीले केही सिथिल भएपनि भित्र भित्रै महाधिवेशनको रन्को सबैतिर चलिरहेको छ । राजनीतिमा सधैं चर्चामा रहने नुवाकोट जिल्लामा पनि आन्तरिक राजनीतिक प्रतिस्पर्धा व्यापक हुने गरेको छ ।
नुवाकोटमा दुई हस्तीहरु छ्न् । पौडेल पक्षमा दुईजना पुर्वमन्त्री अर्जुननरसिंह केसी र पूर्व अर्थमन्त्री डा. रामशरण महत छ्न् भने उनीहरुका उत्तराधिकारी देखिएका पुर्व सांसद एवं नुवाकोट पार्टी सभापति जगदीश्वर नरसिंह केसी र युवा नेता रमेश महत चर्चा छ्न् भने सभापति देउवा प्यानलका सहमहामन्त्री डा. प्रकाशशरण महत र सांसद बहादुर सिंह लामा पनि नुवाकोटका लोकप्रिय नेता हुन् ।
आउँदो अधिवेशनमा नुवाकोटमा जिल्ला सभापतिका लागि रमेशकुमार महत स्पष्ट उम्मेदवारका रुपमा चर्चामा छन् ।वर्तमान पार्टी सभापति केसीले बागमति प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेपछि महतका लागि ठाउँ खाली भएको हो । उनलाई अर्जुन नरसिंह केसी र जगदीश्वर नरसिंह केसी तथा डा. महतको समर्थन प्राप्त छ । बहालवाला सभापति कै समर्थन हुँदा रमेश महतलाई यसपटक चुनाव जित्न अलि सजिलो हुनसक्ने अनुमान लगाउन सकिन्छ । यद्दपि संस्थापन पक्षको तर्फबाट धुव्र अधिकारीको नाम आएको छ । उनी पनि पुर्व जिल्ला सभापति भैसकेका भद्र एवं लोकप्रिय नेता नै हुन् ।
त्यस्तै एक नम्बर क्षेत्रको क्षेत्रीय सभापतिमा भने जगदीश्वर नरसिंह केसीले आफ्ना खास व्यक्तिलाई बनाउनु पर्ने दावी गर्ने प्रवल संभावना छ । किनभने जिल्ला सभापतिमा महतलाई बनाएवापतको सोधभर्ना लिने कोशिश हुने नै छ । हालका क्षेत्रीय सभापति धुव्र श्रेष्ठ पनि सभापतिका अर्का दावेदार हुन् । लिखु गाउँपालिकाका अध्यक्ष मात्रै नभएर लोकप्रिय नेता पनि भएका कारण यहाँ ठूलै रस्साकसी हुने देखिएको छ । केसी समुह धुव्र श्रेष्ठलाई उठाउन चाहदैनन् तर डा. महत उनकै नजिकका कार्यकर्ता पनि हुन् ।
उसो त सो पदका लागि धेरै युवा सर्कलको दावेदारी देखिएको छ । जसमा पुर्व उपसभापति विषम रिमाल, रमेश पाठक, अच्युत गुरागाई तथा युवा समाजसेवी सुशील खड्का लगायका छन् । संस्थापन पक्षको तर्फबाट महाधिवेशन प्रतिनिधि अच्युत गुरागाई लड्ने देखिन्छ भने उनलाई डा. महत र केसीको पनि समर्थन रहन सक्छ ।
अर्का दावेदार सुशील खड्का सफल व्यापारी, समाजसेवी र युवाहरुमाझ अत्यन्तै लोकप्रिय मानिन्छ्न् । रमेश कुमार पाठक पनि अत्यन्तै सफल उद्योगी हुन भने समाजसेवामा अब्बल व्यक्ति हुन् । उनी जीपी कोइराला फाउन्डेशन नुवाकोटका प्रमुख पनि हुन् । यही क्षेत्रीय सभापतिको चयनबाट नै आगामी जिल्ला सभापति को हुने भन्ने बारे निर्णयक हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
जेठ १४, २०८१ सोमबार
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार