कांग्रेसले बीपी जयन्ती तीन दिनसम्म भर्चुअल रुपमा मनाउने
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १८:१६:४६
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती भर्चुअल रुपमा मनाउने भएको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म भर्चुअल रुपमा वीपी जयन्ती मनाउने उल्लेख गरेका छन्।
“केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ,” विज्ञप्तिमा भनिएको छ। जुममार्फत हुने कार्यक्रमको पहिलो दिन बुधवार एक बजे “बीपीको विचार नेपालको समुन्नतिको मुल बाटो” बिषयमा बहस हुनेछ।
यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागीता रहने छ ।
यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ । सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरी आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए ।
बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्दछ । कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार