बजार सकारात्मक हुँदा कहाँ निर छ टेवा र प्रतिरोध ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
भदौ २३, २०७७ मंगलबार २३:१८:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse_wFfflXoeGf.jpg)
२३ भदाै, काठमाडाैं । सुरुवात राम्रो नभएपनि अन्तिम समयमा खरिदकर्ता आक्रामक हुँदा नेप्से परिसूचक ७ अंकले बढेको छ । आज १९० कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ७९ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक ७ दशमलव ३५ अंकले वृद्धि हुँदै १४९५ दशमलव १५ को विन्दुमा बन्द भएको छ ।
प्राविधिक विश्लेषकका अनुसार यदि बजार १५०० भन्दा माथि स्थिर रहेमा बजार पुन सकारात्मक हुनसक्ने संकेत गर्नुका साथै बजारले पुन १५५० को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्न सक्ने देखिन्छ । तर यदि बजार १४७५ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १४३० को क्षेत्रमा रहेको देखिन्छ ।
आज बजार १४९१ दशमलव ३३ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु ११ बजेर ५० मिनेटमा १४७७ दशमलव २६ रहेको थियो । बजारले २ बजेर १३ मिनेटमा १५०० को उच्च विन्दु समातेको थियो । तर बजार १५०० को मनोवैज्ञानिक रेखा माथि बस्न असफल भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सर्वाधिक कमाउने ५ कम्पनीमा साल्ट ट्रेडिङ्ग, उन्नती सहकार्य लघुवित्त, एनआरएन लघुवित्त, जोशी हाईड्रोपावर र चिलिमे हाईड्रोपावर रहेका छन् ।
सर्वाधिक गुमाउनेमा एन.आर. एन, पन्चकन्या माई हाईड्रोपावर, आँखुखोला जलविधुत , घलेम्दी हाइड्रोपावर र युनिभर्सल पावर रहेका छन्।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५५० । प्रतिरोध १ः १५०० । टेवा १ः १४७५ । टेवा २ः १४३०
✍ आज कारोबारको पहिलो समयमा शेयरबजार घटे पनि १४७७ मा टेवा प्राप्त गरि बजार बढ्दो प्रवृत्तिमा रहेको थियो । आजको बजारले “डोजी” मैनबत्तीको चित्र बनाएको छ । यसले आज बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ । आजको परिमाण भने प्रभावकारी देखिदैन् ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६३ दशमलब ६२ को बिन्दुमा छ । यसको प्रवृत्तिले बजारमा पुन सकारात्मक हुन सक्ने जानकारी गरेको छ।
✍“एडीएक्स” ले हालसम्म बजारमा क्रेताको चाप रहेको संकेत गरे पनि जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आजसम्म विक्रेताको चाप रहेको जानकारी गराएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले बजार सकारात्मक भई हाल्ने निश्चित जनाकारी गराएको देखिदैन् ।
यदि बजार १५०० भन्दा माथि स्थिर रहेमा बजार पुन सकारात्मक हुनसक्ने संकेत गर्नुका साथै बजारले पुन १५५० को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्नसक्ने देखिन्छ । तर यदि बजार १४७५ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १४३० को क्षेत्रमा रहेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार