सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १४:४:१९
२४ भदौ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।
पन्ध्र वडा रहेको नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको छ”, उनले भने, “भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”
नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा रु एक करोड १७ लाख र ट्रस भवनलगायतका संरचना निर्माणमा रु ३९ लाख खर्च भएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री सङ्कलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए ।
प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । प्राङ्गारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोक बिक्रेतामार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । उद्योगबाट उत्पादित प्राङ्गारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कोलनीले बताए । प्राविधिकका अनुसार ‘टर्नर’मा काटेर ‘थुम’मा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।
प्राङ्गारिक मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गाईभैँसीको गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको ‘अण्डरग्राउण्ड डुम’ ‘ट्याङ्की’मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।
दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ । गोठको स्याउलालाई भने प्राङ्गारिक मल उत्पादनमा उपयोग गरिने छ । ग्याँस उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकै रूपमा वितरण गरिने नगरपालिकाले जनाएको छ ।
उद्योगमा स्थानीय चार युवाले पूर्णकालीन तथा २५ जनाले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित प्राङ्गारिक मल नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा समेत बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्राङ्गारिक क्षेत्र बनाउने तयारी भइरहेको छ । प्राङ्गारिक मलको विकल्पविना पूर्णरूपमा प्राङ्गारिक नगर बनाउन नसकिने भएकाले प्राङ्गारिक मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् । वडा नं–९ निर्मलीडाँडा, १० पाथे, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडाहरु प्राङ्गारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा प्राङ्गारिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार विहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार