तरुण दलले वीर र पाटन अस्पताललाई दियो स्वास्थ्य सामग्री
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १८:१५:११
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले पाटन र वीर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीका बेला जीउज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूकाे सुरक्षाका लागि पीपीई, फेशसिल्ड लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाल तरुण दल केन्द्रिय समितिले १०७ औं बीपी जयन्तीका अवसरमा पाटन अस्पताल लगनखेलको हाडजोर्नी विभागमा १००० थान मास्क, २० थान पीपीई सेट, र २० थान फेसशिल्ड हस्तान्तरण गरेको हो ।
यस्तै वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै पुगेर १००० थान मास्क, २० थान पीपीई सेट, र २० थान फेस शिल्ड हस्तान्तरण गरेको तरुण दलले जनाएको छ । अस्पताललाई वितरण गरिएको स्वास्थ्य सामग्री काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका हुन् ।
स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा भण्डारी र खानलाई तरुण दल केन्द्रिय समितिले आभार व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार