स्थायी कमिटी लगत्तै मन्त्रीमण्डल पुर्नगठन, बामदेव पनि भित्रने
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १६:४२:४
२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको अन्तरद्धन्द्ध हाललाई साम्य भएको छ । दुई अध्यक्षबीचको शक्ति बाँडफाँडका आधारमा पार्टीभित्र अस्थायी युद्धविराम भएको हाे । भोलिका लागि डाकिएको स्थायी कमिटी बैठकले अध्यक्षद्वयले पेश गर्ने एकता प्रतिवेदन अनुमोदन गर्ने छ । साथै, भोलिबाटै जारी स्थायी कमिटी बैठकसमेत अन्त्य गर्ने तयार भएको बुझिएको छ ।
प्रतिनिधिसभाको बाँकी कार्यकाल भरि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले निर्वाध काम गर्ने र आगामी महाधिवेशनसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सबै कार्यकारी काम गर्ने गरी सहमति गरिएको छ । यो सहमति स्वीकार गर्ने स्थायी कमिटीमा अन्य विषयमा भने कुनै छलफलसमेत नगर्ने रणनीति ओली पक्षको रहेको छ ।
मूलतः अर्का नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले उठाएको एक व्यक्ति एक पदको विषयमा कुनै छलफलसमेत हुने देखिएको छैन । तर, गत साता ओली आफैंले सचिवालय बैठकमा प्रस्ताव गरेको उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा भने कुरा उठाउने तयारी रहेको बुझिएको छ । गौतमलाई राष्ट्रियसभामा लैजाने भनी स्वयं प्रधानमन्त्रीले प्रस्ताव गरेकोमा अहिलेसम्म कार्यान्वयन नभएको विषयमा केही सदस्यले कुरा उठाउने बुझिएको छ । यसका साथै, गौतमलाई राष्ट्रियसभामा लैजाने भनी गरिएको निर्णयले पार्टी बद्नाम भएको आवाजसमेत कतिपय नेताले उठाएका छन् ।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले गौतमलाई राष्ट्रियसभामा लैजानै पर्ने के वाध्यता आइप¥यो भन्ने विषयमा कुरा उठ्ने बताए । जनताबाट तिरस्कृत पात्रलाई राष्ट्रियसभामा पठाएर त्यो संस्थाको गरिमा नै धुमिल पारेको भन्दै उनले यसको चित्तबुझ्दो जवाफ नेतृत्वले दिनुपर्ने उल्लेख गरे । पटक–पटक पार्टी र सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका गौतमलाई यसपटक संसद्मा नजाने जनताको आदेश भएकाले जबर्जस्ती पठाउने काम गरियो भने त्यसले पार्टी र सरकार दुबैलाई ठूलो क्षति पुग्ने उनको धारणा छ ।
यस्तै अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गलत भएको भन्दै यसमा पुनर्विचार गर्न माग गरिन् । उनले भनिन्– म पनि यसबारे भोलिको स्थायी कमिटी बैठकमा कुरा उठाउने छु ।
राष्ट्रियसभा भनेको प्रतिनिधिसभा भन्दापनि महत्वपूर्ण र गहन निकाय भएको तर्क गर्दै उनले नेतृत्वले यसको गरिमा ध्वस्त बनाउन खोजेको आरोप लगाइन् । वामदेव कम्रेड एक कार्यकाल संसद बाहिर बस्न नहुने हो र ? भन्दै उनले जनताको आदेश शिरोपर गरेर अगाडि बढियो भने मात्र सही बाटो पहिल्याउन सकिने बताइन् । यस्तै, ओली निकट केही स्थायी कमिटी सदस्यहरुले समेत गौतमको विषयमा कुरा गर्ने भएका छन् । यद्यपि बैठकमा ओली र प्रचण्डले भने यसबारे कुनै टिप्पणी नगर्ने रणनीति बनाएका छन् । स्थायी कमिटी बैठक सकिएलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने ओलीको तयारी छ । त्यतिबेलै गौतमलाई समेत प्याकेजमै डिल गरेर राष्ट्रियसभामा पठाउने तयारी उनको छ ।
गौतमलाई राष्ट्रियसभामा मात्र लैजाने की मन्त्रीसमेत बनाउने भन्ने विषयमा ओलीले निकटहरुसँग पटक पटक छलफल गरेको स्रोतको भनाई छ । वामदेवलाई राष्ट्रियसभामा मात्रै राख्दा धेरै खाले चलखेल हुनसक्ने निश्कर्ष निकाल्दै ओलीले आफूबाट टाढा जान नदिने भएका छन् । यसका लागि सम्भवतः गौतमसमेत नयाँ पुर्नगठनमा पर्नुहुने छ – स्रोतले भन्यो ।
तर अर्थ मन्त्रालय भने नदिने उनको तयारी रहेको छ । मिलेसम्म गृह वा अन्य कुनै महत्वपूर्ण मन्त्रालय दिएर भएपनि गौतमलाई मन्त्री बनाउने ओलीको तयारी रहेको छ । यसबारे ओलीले गौतमलाई जनाउ दिइसकेको स्रोतको भनाई छ । गौतमले भने सकेसम्म आफूलाई अर्थ नै दिन माग गरेका छन् ।
संभवतः आउने आइतवार पुर्नगठन हुने छ– बालुवाटार निकट स्रोत भन्छ । वामदेवलाई ल्याउने विषयमा प्रचण्डसमेत सहमत रहेकाले गृहको सम्भावना रहेको स्रोतको दाबी छ । यस सम्बन्धमा नेता नेपाल र खनाललाई भने खासै जानकारी दिइएको छैन । त्यसैले दुई अध्यक्ष बसेर बनाउने मोडालिटी अनुसार पुर्नगठन गरिने छ – स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार