वर्णशंकर धानको बीउ उत्पादन शुरु
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १७:३६:३५
२५ भदौ, नेपालगञ्ज । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशङ्कर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको जनाइएको छ ।
हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताए । यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकवाट आयात हुँदै आएको हाइब्रिड धानको बीउको परिपूर्ति सहज रुपमा हुने र गुणस्तरहीन बीउबाट किसान ठगिने परम्पराको अन्त्य हुनेछ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्क, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समयअघि पहिलो पटक नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएको उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ ।
खजुरामा यी दुवै हाइब्रिड धानको दुई हेक्टर जमीनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरिएको निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरीले जानकारी दिए । उनका अनुसार बीउ उत्पादन गर्दा आठ लाइन पोथी र बीचबीचमा दुई लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाका रुपमा हर्दिनाथ हाइब्रिडको नयाँ बीउ उत्पादन गरिन्छ । कम समयमा उत्पादकत्व क्षमता बढी भएका यी बीउ यसअघिको हर्दिनाथभन्दा फरक छ ।
यी दुवै धान तराई–मधेशका साथै समुद्र सतहदेखि सात सय देखि नौ सय मिटर उचाइसम्मका लागि सिफारिश गरिएको छ । एक सय २२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर ७।५ टन उत्पादन क्षमता छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले जनाएको छ ।
नेपाली बजारमा उन्नत जातका धानको बीउ नपाइएका कारण नेपाली किसान भारतीय बीउप्रति निर्भर हुनुपरेको छ गुणस्तर परीक्षण नगरी भारतबाट जथाभावी ल्याइने बीउ नउम्रिएका कारण बेलाबेलामा कृषक ठगिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार