ढोरपाटनका बाढी पहिरो पीडितलाई गाँसको भन्दा ऋणको चिन्ता !
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २१:४८:७
२५ भदौ, बागलुङ । ढोरपाटन नगरपालिका—९ बोबाङ्गका बाढीपहिरो पीडितलाई अहिले गाँसबास भन्दा ऋणको समस्याले पिरोलेको छ । यही भदौं १७ गते राति ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा बोबाङ्गका स्थानीयवासीलाई साहुको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
जसोतसो ऋणधन गरेर बनाएका घरसँगै आफन्तलाई पनि बाढीले बगाएपछि अब साहुको ऋण कसरी तिर्नु भन्ने चिन्ताले सताउन थालेको उनीहरुको भनाइ छ । “बाढीपहिरो आउने समयमा भागेर ज्यान बचाएकाहरुको न त व्यापार गर्ने सामग्री रहयो, न त व्यापार गर्ने ठाउँ नै”, स्थानीय व्यापारी हेमबहादुर विश्वकर्माले भने, “बसेको ठाउँ बगर बनेपछि साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले साताउन थालेको छ ।”
विगत १२ वर्षसम्म साउदीमा काम गरेर घर फर्किएका विश्वकर्माले बोबाङ्गमा सानो पसल थापेर व्यापार शुरु गरेका थिए । “शुरु शुरुमा त्यती राम्रोसँग नचलेको पसलबाट परिवारको जिविका चलाउन सहज होला भन्ने लागेन”, उनले भने, “परिवारको जिविका चलाउनका लागि त्यो पसललाई केही ठूलो बनाएर दैनिक उपभोग्य सामानहरु राख्ने सोचका साथ साहुसँग ऋण लिएर पसललाई बिस्तार गरें । तर भुजीखोलामा आएको बाढीले पसलसँगै आफ्नो सपनालाई समेत बगाएर लगिदियो ।” अहिले उनलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
“सधैंझै खाना खाएर सुतिसकेपछि मध्यरातमा एक्कासी गड्याङगुडुङसहित ठूलो आवाज भयो । जमिन पूरै हल्लियो । कहाँ के भयो थाहा भएन । बाहिर निस्केर म चिच्याउन थालें”, बिकले भने, “चिच्याएको मेरो आवाज सुनेर घरपरिवारका सबै जना बाहिर निस्के । म बाहिर निस्केर नचिच्याएको भए मेरो परिवारलाई पनि घरैसहित खोलाले बगाएर लाने थियो होला ।” उनले भने, “मेरो चिच्याइले परिवारका सबै सदस्य बाहिर निस्केका कारण बच्न त सफल भयो तर त्यो बाढीले मेरो घर, खाद्य गोदामसहित भएभरको सम्पति बगायो ।” पैसा र सुन निकाल्ने लोभका कारण धेरै जनाले अकालमै ज्यान गुमाएको उनको भनाइ छ ।
बिकलाई आफ्नो घर सम्पत्ति बगेको जति पीडा छ त्योभन्दा बढी पीडा अब कसरी ऋण तिर्न सकिन्छ भन्ने छ । विभिन्न पसल र साहु गरी करीब रु १८ लाखभन्दा बढी ऋण तिर्न बाँकी रहेको उनको भनाइ छ । “न खाना खान मन लाग्छ, न निद्रा नै लाग्छ”, उनले लगाएको टिसर्ट र हाफ पाइन्ट देखाउँदै भने – “यहिँ पनि अरुले दिएका हुन्, केही सोच्नै सकेको छैन टाउका घुमाउँछ, ऋणको पासोले मेलोबाटो पाइन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयको १ अर्ब जम्मा
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार