ओली–प्रचण्डको सहमतिमा माधव नेपालको आपत्ति
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २०:५६:५८
२६ भदौ, काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिमा वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।
बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै नेता नेपालले आफूले शुरुदेखि नै उठाएको एक व्यक्ति, एक पदको एजेन्डा सम्बोधन नगरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेपालको भनाईअनुसार प्रधानमन्त्री ओलीले नेकपाको अध्यक्ष पद नछाडेकोमा असन्तुष्टि जाहेर गरेका हुन् ।
प्रचण्ड र ओलीले आपसी सहमतिमा शक्ति बाँडफाट गरेपनि आफूलाई फेरि ‘बाइपास’ गरेको भन्दै नेपालले आक्रोश पोखेका हुन् । पछिल्लो सहमतिअनुसार अब नेकपाको कार्यकारी अध्यक्ष पूर्ण रुपमा प्रचण्ड भएका छन भने ओली प्रधानमन्त्रीका रुपमा सत्ता सञ्चालनमा केन्द्रित हुनेछन् ।
सोहीअनुसार शुक्रबारको स्थायी कमिटी बैठकमा प्रचण्डले कार्यकारी अध्यक्षता गरिरहेका छन् । जुन ओलीलाई मात्रै होइन, माधव नेपाललाई समेत मन परेको छैन् । ओलीले आफूलाई पार्टीमा कमजोर पार्न खोजिएको बताउँदै आएका छन् भने माधव नेपालले आफूलाई कुनै पद नदिएको भन्दै आपत्ति जनाएका छन् ।
ओली शुक्रबारको बैठकमा केहीबेर बसेर बाहिरिएका थिए । शुक्रबारको बैठकमा दिउँसोसम्म ९ जना सदस्यले धारणा राखेका छन् । वरिष्ठ नेता नेपालसँगै देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजीपन्त लगायतले बोलेका छन् । बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार