चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय, प्रचण्ड पूर्ण कार्यकारी अध्यक्ष
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २२:५३:३९
२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले चैतमा महाधिवेशन गर्ने भएको छ । नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारीका लागि दुई महिनापछि कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि नेकपाले गरेको छ ।
ओली र प्रचण्डको विवाद मिलाउन महाधिवेशन गर्नैपर्ने निर्णयमा नेकपा पुगेको हो । गोप्य सहमतिअनुसार चैतमा हुने महाधिवेशनमा ओलीले प्रचण्डलाई समर्थन गर्ने चर्चा छ । सोही अनुसार स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिएको छ ।
ओली र प्रचण्डकै सहमतिअनुसार शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार र ओलीलाई स्वतन्त्र रुपमा सरकार चलाउने छुट दिने निर्णय गरेको हो । अब प्रचण्डले सरकारले गरेका काममा आलोचना र हस्तक्षेप गर्न भने पाउने छैनन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिदै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहित १३ नेताले बोलेका थिए ।
साथै नेकपाले पार्टीभित्रको सम्पूर्ण विवाद अब अध्यक्ष ओली र प्रचण्ड मिलेर गर्ने निर्णय गरेको छ । तर यो निर्णयमा बरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् । उनले आफ्नो एजेन्डा सम्बोधन नगरिएको भन्दै ओली र प्रचण्डसँग असन्तुष्टि जनाएका छन् । जुन कुरा उनले बैठकमा समेत बोलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार