बीमा समितिमाथि राजनीतिक दवाव
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार २:७:३
२६ भदौ, काठमाडौं । बीमा समितिमा कम्तिमा एकसहित दुई निर्जीवन र एक जीवन बीमा कम्पनी दर्ता गर्ने प्रयास भइरहेको छ । यद्यपि बीमा समितिले भने दर्ता प्रक्रिया अघि नबढेको दावी गरेको छ ।
बीमा समितिले लिखित रुपमा निर्णय गरी नयाँ बीमा कम्पनी दर्ता प्रक्रिया बन्द गरेकै अवस्थामा केही नयाँ बीमा कम्पनीहरु भने दर्ता गर्न कम्मर कसेर लागेका छन् । बीमा समितिलाई सरकार निकट र प्रमुख प्रतिपक्ष निकटको प्रभावमा पार्दै उच्च राजनीतिक दवावसहित नयाँ बीमा कम्पनी दर्ताको प्रक्रिया शुरु गरिएको हो ।
बीमा समितिमा अत्यन्तै सुरक्षित रुपमा दर्ता गर्न खोजिएको कम्पनीबारे केही बाहिर ल्याइएको छैन । बीमा समितिका अध्यक्ष चापागाईमाथि राजनीतिक दबाव सिर्जना गरेर नयाँ कम्पनी दर्ता गर्ने प्रयास भएको हो ।
सुत्रका अनुसार नेपाली कांग्रेस नेतृ आरजु राणाको लगानी रहेको कम्पनी तथा नेकपा नेतृत्वका उच्च नेतृत्वको संरक्षण प्राप्त कम्पनीहरु दर्ताको लागि अघि बढेका छन् । दर्ता हुने नहुने भने एकिन भइसकेको छैन ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल सकिन लागेको छ । अध्यक्ष चापागाई बीमा समितिबाट विदा हुनुअघि दवाव सिर्जना गरेर नयाँ कम्पनी दर्ता गर्न सक्ने अनुमान गरिएको छ ।
अर्थमन्त्री प्रम केपी ओलीको हातमा पुगेको बेला सल्लाहकार विष्णु रिमालमार्फत दबाव सिर्जना गरी नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाउन खोजिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार