कोरोनाले शुक्रबार ८ जनाको मृत्यु भएको पुष्टि
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार ४:१०:४४
२६ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनका दुई जना र काठमाडौं, नवलपरासी, महोत्तरी, रुपन्देही, मोरङ र सुनसरीका एक एक जनाको मृत्यु भएको हो । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएकी रत्ननगर नगरपालिका २, चितवनकी ७८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राप्ती नगरपालिका-५, चितवनका ६१ बर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । भदौ २४ गते कोरोना संक्रमण भएका उनलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि २५ गते अस्पताल भर्ना भएका थिए ।
यस्तै काठमाडौं महानगरपालिका ५ कालोपुल, काठमाडौंका ७० बर्षीय पुरुषको पाटन अस्पतालमा शुक्रबार मृत्यु भएको छ । यस्तै सुस्ता गाउँपालिका ५, नवलपरासीका ५५ बर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा शुक्रबार मृत्यु भएको हो ।
यस्तै मनरा सिस्वा नगरपालिका(१, महोत्तरीका ६५ बर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास फेर्न समस्या भएपछि भदौ १९ गते अस्पतालमा भर्ना भएका उनलाई दुई दिनपछि कोरोना सक्रमण भएको पुष्टि भएको थियो ।
यस्तै देवदह नगरपालिका ६, रुपन्देहीका ६० बर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या भएपछि अस्पताल पुगेका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै मोरङकी ७० बर्षीया महिलाको विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्ऽमा शुक्रबार मृत्यु भएको छ । बिहीबार संक्रमण पुष्टि भएकको उनलाई ज्वरो आउनुका साथै सास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको थियो ।
यस्तै रामधुनी नगरपालिका(५, सुनसरीका ४३ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार