स्यानिटाइजरमा विषाक्त रसायन प्रयोग नगर्न आग्रह
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार २०:२२:०
२७ भदौ, काठमाडौं । काठमाडौं र भक्तपुरका पाँच कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्ड विपरीत विषाक्त रसायन ‘मिथानोल’ पाइएको छ । यस किसिमको स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरेको छ ।
काठमाडौंको हाइजनिक सोप एन्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रालिको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केमकम हर्बल प्रोडक्टको इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल र सूर्यमुखी हर्बल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मापदण्ड विपरीत विषाक्त रसायन भेटिएको हो ।
यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन ‘मिथानोल’ भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । बजारमा पाइएका १० वटा स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा चार वटामा उक्त विषाक्त रसायन फेला परेको र एउटा भने यसअघि नै मापदण्ड विपरीत भएको प्रमाणित भएको उनले जानकारी दिए ।
विभागमा हालसम्म दर्ता भएका ४० सहित दर्ता हुन बाँकी रहेका सबै स्यानिटाइजरका बारेमा अध्ययन अनुसन्धान भइरहेको केसीले बताए । विभागले सम्बन्धित कम्पनीलाई त्यस्ता उत्पादन तुरुन्त रोक्न निर्देशन दिइसकेको छ ।
विषाक्त रसायन फेला परेको स्यानिटाइजर नष्ट र जफत गर्न प्रक्रिया शुरु भइसकेको र स्थानीय प्रशासनसँगको समन्वयमा आवश्यक कारबाही अघि बढ्ने केसीले बताए । विभागले स्यानिटाइजरका बारेमा मापदण्ड बनाएर लागूसमेत गरिसकेको छ । त्यस्ता कम्पनीलाई दर्ता हुन भनिए पनि बन्दाबन्दीका कारण मिति सारिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार