विश्वका पाँच राष्ट्रमा भयावह बन्दै कोरोना, नौ लाख २० हजारभन्दा बढीको मृत्यु
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार २१:२४:१०
२७ भदौ, काठमाडौं । विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ । हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ ।
अनुपातमा हेर्दा कूल सङ्क्रमितमध्ये झण्डै ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका २१५ देशमा देखिएको छ । यसको सङ्क्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ ।
कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यस्तो रहेको छ ।
अमेरिकामा ६६ लाख ३६ हजार २६६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । तीमध्ये एक लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार ९३० जना कोरोना भाइरसबाट सङ्क्रमित रहेका छन् भने ७७ हजार ५३७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४२ लाख ८३ हजार ९७८ जना कोरोना भाइरसबाट सङ्क्रमित हुँदा एक लाख ३० हजार ४७४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
रुस १० लाख ५७ हजार ३६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार ४८४ जनाको मृत्यु भएको छ ।
पेरुमा भने सङ्क्रमित भएकाहरुको सङ्ख्या सात लाख ६१ हजार ६७० रहेको छ । सङ्क्रमित भएकाहरुको सङ्ख्या रुसको भन्दा थोरै रहे पनि मृत्यु भएकाहरुको सङ्ख्या भने रुसमा भन्दा पेरुमा धेरै रहेको छ । पेरुमा कोरोनाका कारण तीस हजार ४७० जनाको मृत्यु भएको छ ।
त्यसैगरी कोलम्बिया सात लाख दुई हजार ८८, मेक्सिको छ लाख ५८ हजार २९९, दक्षिण अफ्रिका छ लाख ४६ हजार ३९८, स्पेन पाँच लाख ७६ हजार ६९७ र अर्जेन्टिनामा पाँच लाख ३५ हजार ७०५ जना सङ्क्रमित भएका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
म सिंहदरबारमा मन्त्री र संसदमा दलका शीर्ष नेताबाट अपमानित भएः प्रधानमन्त्री
असार ६, २०८१ बिहिबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
शुक्रबार तोलाको १९ सयले बढ्यो सुनको मूल्य
असार ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार