पत्रकार कुट्नेलाई पक्राउ गर्न महासंघद्वारा प्रशासनलाई अल्टिमेटम
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार १४:३४:२८
२८ भदौ, धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।
पत्रकार महासंघ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उनले भने “आइतबारसम्म घटनामा संलग्नलाई समात्न सक्छौँ ।”
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृतावस्थामा भेटिएका थिए । प्रहरीले दिएको जानकारीअनुसार थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।
आत्महत्या भन्ने समाचार झुटो भएको र समाचार हटाउनुपर्ने भन्दै २०र२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो । समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार