लज्जाको पराकाष्ठा अख्तियारका निर्वतमान प्रमुख आयुक्त नवीन घिमिरे
कुसुम सेञ्चुरी
भदौ २८, २०७७ आइतबार २०:०:६
२८ भदौ, काठमाडौं । मौलाउँदो भ्रष्टाचार न्यून गर्न प्रभावकारी ठानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व कसले गर्छ, त्यसका धेरै निर्भर हुने पक्षको खुलासा एकपटक फेरि तीतो यथार्थ बन्न पुगेको छ । प्रशासनिक क्षेत्रमा कार्यरत रहँदा स्वच्छ छवि बनाएको भनिएका नवीनकुमार घिमिरे अख्तियारको प्रमुख पदमा रहँदा सो निकायको गरिमा नै धुलीसात पार्ने कारक सावित भए ।
६ वर्षे कार्यकाल पूरा गरी उनी आजबाट घर फर्कंदैछन् । सँगसँगै अख्तियारलाई “सानालाई ऐन र ठूलालाई चैन” भन्ने उखानसमेत चरितार्थ गर्न उनी सफल सावित भएका छन् । लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा सँगै तत्कालिन एमालेको कोटामा अख्तियार पुगेका घिमिरेले आफ्नो बहिर्गमनका बेला उनै कार्कीले स्थापना गरेको मूल्यमान्यतालाई चरितार्थ गरिदिए ।
दुई वर्ष प्रमुख आयुक्तकै भूमिकामा रहेका उनले सधैं साना माछालाई जालोमा पार्ने काम गरे, तर ठूला माछासँग भने सरोकारै राखेनन् । पछिल्ला दिनमा उनले केही शाखा अधिकृत र उपसचिवसम्मका कर्मचारीलाई कारवाहीको दायरामा ल्याए । नभए उनले कारवाही चलाएका अधिकांश कर्मचारी खरदार सुब्बा तहकै धेरै छन् । तिनै मध्येका एकजना कलंकी मालपोतका खरिदार रामहरि सुवेदीलाई घिमिरेले एक हजार रुपैयाँ घूस खाएको आरोपमा मुद्धा चलाए । यसैक्रममा सुवेदीले ग्लानी र हिनतावोधका कारण आत्महत्या नै गरे । पछि उनलाई विशेष अदालतले सफाई दियो, तर आत्महत्या गर्न बाध्य पार्ने घिमिरे त्यसैमा गर्व गर्थे ।
कार्यकाल समाप्तिकै क्रममा उनले धेरै ठूला मुद्धा तामेलीमा राख्ने निर्णय गरेर दोस्रो लोकमानको परिचय दिने प्रयास गरेका छन् । धरैले असल र निडर भन्ने उनको चरित्र र स्वभाव पछिल्ला निर्णयबाट ध्वस्त भएको टिप्पणी गर्न थालेका छन् । सामान्य मानिसले समेत अनुभव गर्न सक्नेखालका भ्रष्टाचारका काण्डलाई घिमिरेले अनुसन्धान नै गर्न चाहेनन् । गर्दापनि ठूला माछालाई नै बल पुग्ने गरी निर्णय गरिदिए ।
कार्यकाल समाप्त हुनु एकदिन अघि मात्रै उनले नेपालको इतिहासमा सर्वाधिक चर्चित आयल निगम जग्गा खरिद प्रकरणलाई तामेलीमा पठाउने निर्णय गरे ।
पेट्रोलियम भण्डारणका निम्ति भन्दै निगमले देशैभरि जग्गा खरिद गर्दा चलनचल्तीको मूल्यभन्दा १७ गुणा बढीसम्मको मूल्य तिरेर खरिद गरेको यथेष्ट प्रमाण हुँदाहुँदै नवीनले तामेलीमा पठाइदिएका हुन् । यसैबाट उनको कार्यक्षमता र योग्यता प्रमाणित भएको धेरैको ठम्याई छ ।प्रधानमन्त्री केपी ओलीका प्रियपात्रका रुपमा चिनिएका घिमिरे पदमै रहँदासमेत प्राय ओलीलाई भेट्न बालुवाटार छिर्ने गर्थे । ओलीकै दवावमा उनले झण्डै अर्का नेता माधवकुमार नेपाललाई बालुवाटार जग्गा प्रकरणमा मुद्धा चलाउने तयारी गरेका थिए । तर अन्तिममा आएर उनीमाथि पार्टी भित्रबाटै ठूलो दवाव आएकाले रोकिएको चर्चा हुने गरेको छ । सोही काण्डमा घिमिरेले ओली निकट विष्णु पौडेललाईसमेत उन्मुक्ति दिएका थिए ।
कोरोना महामारीका बेलापनि भ्रष्टाचार र अनियमिततामा फसेको ओली सरकारलाई जोगाउन प्रमुख आयुक्त घिमिरेले यति निर्लज्ज र घटिया व्यवहार देखाए जो अख्तियारकै लागि लज्जाको विषय बनेको छ । ओम्नी समूहका नाममा भएको औषधि खरिद प्रकरण हाकाहाकी भ्रष्टाचार भएको काण्ड हो । त्यसबारे नागरिक समाज र मिडियाले सप्रमाण समाचार सम्प्रेषण गरे । सामाजिक सञ्चाल त पूरै ओम्नीमय भएको थियो । एक अर्ब २५ करोड घोटाला गरेको लिष्टसहित प्रमाण सार्वजनिक भएका थिए । तर घिमिरे नेतृत्वको अख्तियारले यसबारे छानविन गर्नसमेत आवश्यक ठानेन ।
यसैगरी, यति होल्डिङ्सलाई नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा दिँदापनि अख्तियारको आँखा पर्न सकेन । यस्तै, ३३ अर्ब रुपैयाँको विद्युतीय रेलमार्ग ठेक्का प्रकरणमासमेत अख्तियारले गरी खान दिएको “गो अहेड”को चिट अहिले चर्चाको शिखरमा छ । यी सबै प्रकरणमा छानविन नै नगर्ने अनौठो निर्णय घिमिरे नेतृत्वको अख्तियारले ग¥यो ।
ओलीप्रतिको उनको निष्ठा र वफादारी त्यतिखेर छर्लङ्ग भयो जब सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड मोलमोलाई गर्ने पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको केसपनि तामेलीमा राख्ने तारतम्य मिलाए । ओलीका धर्मपुत्रका रुपमा चिनिने बाँस्कोटाले मोलमोलाई गरेको रेकर्ड छ, त्यसलाई पुष्टी गर्ने आरोपी विजयप्रकाश मिश्र छन्, उनलाई बुझ्दै नबुझी एकपक्षीय रुपमा तामेलीमा राख्ने गज्जबको निर्णय उनले गराए । साथै, बाँस्कोटामाथिको आरोप पुष्टी नहुने आधारसमेत आफैं खडा गरिदिए ।
समग्रमा भन्नुपर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरिमा र ओज जोगाउने वा अभिवृद्धि गर्नेमा भन्दा विश्वास धर्मराउने अवस्थामा घिमिरेको कार्यकाल उपयोगी बन्यो । स्वतन्त्र, निष्पक्ष र निर्भिक हुने अख्तियारको चरित्र घिमिरेका पालामा विलुप्त भएको छ । अख्तियारमा ओली सरकारको प्रष्ट छायाँ परेको अनुभूति गरियो । प्रमुख आयुक्तलाई निवासमै बोलाएर निर्देशन दिने ओलीको शैली र प्रवृत्तिलाई घिमिरेले लालमोहर लगाइदिए ।
घिमिरेको ठाउँमा तत्कालै कसैलाई ल्याउने तारतम्य बनिनसकेकाले हाललाई आयोगकै वरिष्ठ आयुक्त डा.गणेशराज जोशीलाई कार्यवाहक दिने तयारी छ । त्यो पनि प्रचण्डको विशेष सिफारिसमा । तर नेकपा भित्रको भागबण्डामा उक्त पदमा फेरि पनि ओलीले आफ्नै हनुमान ल्याउने लगभग निश्चितै छ । भोलि आउने नयाँ प्रमुख आयुक्तपनि कानै चिरिएको जोगी हुनेमा कुनै आशंका छैन । नवीन घिमिरेले बसाएको शैली र प्रवृत्ति आउने दिन अझै बलियो बन्ने छ । “सानालाई ऐन, ठूलालाई चैन” भन्ने उखान त्यसै बनेको होइन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार