एक घर एक पीसीआर अभियान : राजविराजमा थप ८७ जनाको स्वाब संकलन
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार २०:१७:२९
◊ धीरुभाइ
२८ भदौ, सप्तरी । सहयोद्धा संस्थाले एक घर एक पीसीआर अभियान अन्तर्गत थप ८७ जनाको नमूना स्वाब संकलन गरेको छ । सो संस्थाले राजविराज नगरपालिकालाई कार्यक्षेत्र निर्धारण गरेर थालिएको अभियानको तेस्रो चरणमा राजविराज नगरपालिका वार्ड नम्बर १२ मा शनिबार साँझ ८७ परिवारका ८७ जनाको नमूना स्वाब संकलन गरिएको कार्यक्रम संयोजक शिव साहले बताए ।
राजविराज नगर क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिरहेको कारण थप संक्रमण न्यूनिकरणमा सहयोग गर्न पीसीआर परीक्षणको लागि समुदायमा नमूना स्वाब संकलन अभियान सुरु गरिएको संस्थाका अध्यक्ष रबिन्द्र यादवले बताए । राजविराज नगरपालिकाको सो वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकीमा आयोजना गरिएको नमूना स्वाब संकलन अभियानमा आएका सहभागीहरुलाई सामाजिक दूरी, मास्कको प्रयोग तथा साबुन पानीले हातधुने जस्ता स्वासथ्य सुरक्षाका उपायहरू अपनाउन लगाएको उनले बताए ।
संस्थाले एक घर परिवारबाट कम्तिमा एक जनाको कोरोना परीक्षण गर्ने उद्देश्यले सुरु गरिएको अभियान अन्तर्गत पहिलो चरणमा राजविराज नगरपालिका वार्ड नम्बर ८ मा ६८ र दोस्रो चरणमा वार्ड नम्बर २ मा ७२ जनाको नमूना स्वाब संकलन गरिसकेको सहयोद्धाका सहसचिव सत्यम यादवले बताए ।
यससँगै अभियानले हालसम्म २२७ जना परिवारको नमूना स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाब परीक्षणको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा पठाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार