असोज १ गतेदेखि हटलाइन सेवा सञ्चालन गरिने
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार ०:१८:१५
२८ भदौ,लमजुङ । जिल्ला प्रशासन कार्यालयले आगामी असोज १ गतेदेखि हटलाइन सेवा सञ्चालन गर्ने भएको छ । जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापनलगायत प्रशासनको कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाह एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासो प्रभावकारी बनाउने उद्देश्यले वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा उक्त मितिदेखि सञ्चालन गरिने भएको हो ।
आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । नागरिकको समस्या तथा गुनासो सुन्न तथा समस्याको समाधान गर्न प्रशासनले २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासो तत्कालै र अन्य गुनासो सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ ।
जिल्लास्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थाको सेवा प्रवाह, विपद् व्यवस्थापनलगायतका विषयमा उजुरी तथा गुनासो गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हटलाइन नम्बर ०६६५२१३९९ र सिधै प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५६०१७७७७ मा समेत गुनासो तथा उजुरी दिन सकिने छ । गुनासो गर्दा तथ्य प्रमाणसहित हुनुपर्ने र गुनासोकर्ताको पहिचान गोप्य राखिने छ । यसका लागि इमेल मार्फत पनि उजुरी तथा गुनासो गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
राष्ट्रपति निर्वाचनको मतगणनाप्रति एलोन मस्कको प्रश्न, भारतबाट अमेरिकाले पाठ सिक्नुपर्छ
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार