नुवाकोट घ्याङ्फेदीको पहिरोले जनता भोकै ओडारमा
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २१:४:१०
२९ भदौ, नुवाकोट । जिल्लाको दुप्चेस्वर गाँउपालिका वडा न १ स्थिति सीसीबुमा गत शुक्रबार बिहान गएको पहिरोका कारण १६० घर बिस्थापित भएका छन् । केही दिन अगाडि सोही वडाको नेगीमा गएको पहिरोको कारण २९ घरपरिवार अस्थायी बसोबास गर्दै आएको स्थानमा गाउँपालिकाले सामान्य सहयोग र नेपाली कांग्रेसका युवा नेता रमेशकुमार महतले खाद्यान्न राहत वितरण गरेका छन् ।
शुक्रबारको पहिलोबाट पीडितहरु १६० घरपरिवार ओडारमा बस्न बाध्य भएका छ्न् । पहिरोले मिल घट्ट आदि सबै बगाएकोले खाद्यान्न अभाव भएकोले बालबालिका भोकै छ्न् भने स्थिति असामान्य अवस्थामा रहेको गाँउपालिका की उपाध्यक्ष अन्जु आचार्यले जानकारी दिएकी छन् ।
स्थानीय तहबाट ७ वटा टेण्ट र २० थान त्रिपाल, जिल्ला रेडक्रसले १० थान त्रिपालबाहेक अरु कसैले सहायता नगरेको गुनासो स्थानीयको छ ।सरकारले आजसम्म कुनै उद्दार र राहत प्याकेज नदिएपछि स्थानीय जनता क्रुद्ध बनेका छ्न भने कांग्रेसका स्थानीय युवाहरुनै सहयोग जुटाउन लागिपरेका छ्न् ।
स्थानीय युवानेता सुशील खड्का, मधुकर पाण्डे, सागर तामाङ र दुप्चेस्वर काठमाडौं सम्पर्क समितिले सहयोग गर्ने तदारुकता देखाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार