यूनेस्कोले भन्यो, “विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्याे”
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०७७ मंगलबार ०:५७:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Kathmandu_Clashes_KWW7xwAYeg.jpg)
२९ भदौ, पेरिस । संसारभरि विरोध प्रदर्शनको समाचार संकलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ । प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर छ ।
यो वर्षको जनवरीदेखि जुनसम्ममा विरोध प्रदर्शनका क्रममा समाचार संकलनका लागि खटिएका पत्रकारलाई आक्रमण, पक्राउ वा हत्या गरेका घटना २१ रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ । सञ्चार क्षेत्रका गतिविधि अनुगमनसमेत गर्ने जिम्मेवारी रहेको राष्ट्रसंघीय निकाय यूनेस्कोले आफ्नो प्रतिवेदनमा भनेको छ, “प्रहरी तथा अन्य सुरक्षा बलले विगत पाँच वर्षमा गैर–कानुनीरूपमा पत्रकारमाथि हस्तक्षेप गरेको घटना बढ्दो क्रममा रहेको छ ।”
सन् २०१५ देखि सन् २०२० बीचमा भएको प्रदर्शनमा कम्तिमा १० जना पत्रकार मारिएका प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा विश्वका विभिन्न ६५ मुलुकमा प्रहरी वा सुरक्षा बलबाट समाचार संकलनका लागि खटिएका पत्रकारमाथि आक्रमण वा पक्राउ भएका घटना १२५ रहेको युनेस्कोले जनाएको छ ।
विगत पाँच वर्षमा समाचार संकलनका क्रममा मारिएका पत्रकारहरू सिरिया, मेक्सिको, इजरायल, निकारागुआ, उत्तरी आयरल्यान्ड, नाइजेरिया र इराकका रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ ।
रिपोर्टमा भनिएको छ, “ उक्त अवधिमा विश्वभरका सयौँ पत्रकारहरुलाई आन्दोलनको समाचार सङ्कलन गर्दैगर्दा दुव्र्यवहार गर्ने, धम्क्याउने वा तर्साउने, पक्राउ गर्ने, निगरानीमा राख्ने र अपहरण गर्नेगरेको साथै समाचार संकलनका लागि बोकिएका उनीहरूका प्राविधिक सामान फुटाउने वा विगारीदिनेजस्ता काम भएको छ र अधिकांश घटनामा प्रहरी तथा अन्य सुरक्षा बलको सम्लग्नता भेटिएको छ ।”
“प्रहरीले रबर वा बारूदको गोली, अश्रुग्यासलगायतको प्रयोग गरी पत्रकारमाथि आक्रमण गर्ने गरेको र यसका कारण केही सञ्चारकर्मीले एउटा आँखाको दृष्टि गुमाउनुसमेत परेको छ ।” अक्सर समाचार संकलन गरेकै आधारमा पत्रकारहरूले प्रहरीबाट सजायको भागिदार बन्नु नपर्ने युनेस्कोले बताएको छ । “पछिल्ला वर्षहरुमा प्रेसमाथि गरिएको हमलालाई लक्षित गर्दै दण्डहीनताको मापदण्ड बनेको छ ।”
युनेस्कोका महानिर्देशक अड्रे अड्रे अजौलेले सुरक्षाको कुनै त्रासबिना पत्रकारहरूले आफ्नो काम गर्न सक्ने कुरा सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरे ।“पत्रकारहरूको आन्दोलनको बारेमा नागरिकलाई सूचित गर्ने र जानकारी गराउने पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ,” उनले भने । “हामी अन्तर्राष्ट्रिय समुदाय र सबै सम्बन्धित अधिकारीहरूलाई यी आधारभूत अधिकारहरूको सुनिश्चित गर्न आग्रह गर्दछौं ।”
युनेस्कोका अनुसार विरोध प्रायः आर्थिक अन्याय, सरकारी भ्रष्टाचार, राजनीतिक स्वतन्त्रताको अभाव र बढ्दो निरङ्कुशताका बारेमा हुन्छन् । केही सरकारले सन्तुलित समाचार रोक्ने निहित स्वार्थका लागि समाचार सङ्कलनमा खटिएका पत्रकारमाथि दुव्यवहार गर्नेगरेको देखिन्छ । संयुक्त राष्ट्र संघले धेरै प्रस्तावहरूमा प्रेसविरूद्ध राजनीतिक नेताहरूले गरेको प्रतिकूल बयानबाजीबारे चिन्ता व्यक्त गरेको यूनेस्कोले बताएको छ । ♦ एजेन्सीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार