उपत्यकामा कोरोना संक्रमितको सङख्या १२ हजार नाघ्याे
नेपालबहस संवाददाता
भदौ २९, २०७७ मंगलबार २:३४:१०
२९ भदौ, काठमाडौं । काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए ।
देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन ।
पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन ।
१८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजार भन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन । काठमाडौ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४, सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार