के बजार प्रतिरोध क्षेत्रमा छ ?
आर्थिक संवाददाता
भदौ ३०, २०७७ मंगलबार २२:३३:७
भाद्र ३०, काठमाडाैं । आज पनि प्रतिरोध क्षेत्र भन्दा माथि बजार बन्द हुन असफल भएको छ । नेप्से परिसूचक ४ दशमलव ४७ अंकले घट्दै १५३६ दशमलव ०३ को विन्दुमा बन्द भएको छ । आज १९३ कम्पनीको शेयर कारोवार हुँदा जम्मा २ अर्ब ११ करोडको कारोवार भएको छ ।
तीन दिनको मैनबत्तीहरुले “इभिनिङ्ग स्टार” मैनबत्तीको चित्र बनाएको छ । यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ । आजको परिमाणले बजारमा विक्रेता हावी रहेको जानकारी गरेको छ । बजारले १५५० को क्षेत्र वरीपरी प्रतिरोध बनाएको देखिन्छ । बजारले निकै पटक यो क्षेत्र भन्दा माथि जान खोजे पनि सफल हुन सकेको छैन ।
आज बजार १५४४ दशमलव ७२ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु १ बजेर २६ मिनेटमा १५३१ दशमलव ०५ रहेको थियो । बजारले ११ बजेर ०९ मिनेटमा १५४८ को उच्च विन्दु समातेको थियो ।
आजको ईण्ट्राडे ग्राफ :
दैनिक नेप्सेको ग्राफ :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५६० । प्रतिरोध १ः १५४० । टेवा १ः १५३० । टेवा २ः १५००
✍ आज शेयर बजार घट्दो प्रवृत्तिमा रहेको छ। तीन दिनको मैनबत्तीहरुले “इभिनिङ्ग स्टार” मैनबत्तीको चित्र बनाएको छ। यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ । आजको परिमाणले बजारमा विक्रेता हावी रहेको जानकारी गरेको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६९ दशमलब ६५ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको जानकारी गरेको छ।
✍ “एडीएक्स” ले हालसम्म बजारमा क्रेताको चाप रहेको संकेत गरे पनि जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज विक्रेताको चाप रहेको जानकारी गराएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले आज बजारमा विक्रेताको चाप रहेको जनाकारी गराएको छ।
यदि बजार १५४० भन्दा माथि स्थिर रहेमा बजार पुन सकारात्मक हुनसक्ने संकेत गर्नुका साथै बजारले १५६०को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्न सक्ने देखिन्छ। तर यदि बजार १५३० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १५०० को क्षेत्रमा रहेको देखिन्छ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार