बलात्कारको झुटो आरोप लगाउने युवतीलाई कैद सजाय, फरार युवती खोज्दै प्रहरी
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ बुधबार २:२६:५५
३० भदौ, सुर्खेत । महिला मैत्री कानुनका आधारमा नक्कली बलात्कारको आरोप लगाएर पैसा असुल्ने धन्दा चलाउने युवतीहरुका लागि नराम्रो खबर आएको छ । पछिल्लो समय बलात्कारको ग्राफ बढेको प्रहरी तथ्याङ देखिएपनि वास्तविक बलात्कारको संख्या भने न्युन नै रहेको छ ।
दैनिक समाचारमा आउने बलात्कारका घटनामध्ये अधिकांश लेनदेन, झगडा लगायतका विविध कारणले हुने गरेको एक अध्ययनले देखाएको छ । महिला अधिकारको दुरुपयोग गर्दै बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको हो ।
ती युवतीलाई अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला गरेको छ । उनले तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको झुटो आरोप लगाएर पैसाको बार्गेनिङ गर्ने गरेकी थिइन् ।
गत असोज २८ र ३० गते गुप्ताले कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् । युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख छ । तर उक्त वकपत्र नै झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको अदालतका श्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
गत भदौ १४ गते जिल्ला अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको श्रेस्तेदार बाँस्कोटाले जानकारी दिए । ‘यो गम्भीर आरोप हो । जबरजस्ती करणीको आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गर्नुहुन्न । अदालतले ती युवतीलाई कैद र जरिवानाको फैसला गरेको छ,’ श्रेस्तेदार बाँस्कोटाले भने ।
कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेतको बराहतालकी हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ९क० अनुसार फैसला भएको श्रेस्तेदार बाँस्कोटाको भनाइ छ ।
अदालतको फैसलापछि ती युवती फरार भएकी छन् । ‘फैसला भएदेखि ती युवती सम्पर्कमा आएकी छैन्न । कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाइएको छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार