खरको छानो फेर्न एक अर्ब ३६ करोड !
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार १७:१३:२२
३१ भदौ, सुरुङ्गा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ ।
विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् । सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।
झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो । यो निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकामा ६१६ र गौरादह नगरपालिकामा ६६३ विपन्नका लागि छानो फेरिँदैछ । त्यस्तै कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई रु ५० हजार उपलब्ध गराइने भएको छ ।
त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि रु तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताउनुभयो ।
दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि रु ४२ करोड खर्च हुने बताइएको छ ।
यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् । आवास योजनाअन्तरगत नै तराई मधेश समृद्ध कार्यक्रममार्फत पनि गौरीगञ्ज र गौरादह नगरपालिकामा विपन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार