स्रेस्तेदार र सिडिओका भान्सेसहित ५० जना संक्रमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार २०:३२:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-saptari_GDlcPxIITx.jpg)
३१ भदौ, सप्तरी । निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार सो अस्पतालमा डायलासिस सेवा लिइरहेकी मिृर्गौला पीडित एक महिला, आकस्मिक सेवामा उपचाररत तीन बिरामी तथा राजविराजस्थित आइसोलेसन केन्द्रमा कार्यरत दुई सरसफाइ कर्मचारीसमेत सङ्क्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए ।
यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, एक प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
अस्पतालको डायलासिस युनिटमा नियमित उपचार गराइरहेका मिृर्गौला पीडितमध्ये मङ्गलबार एक महिला र सोमबार छ पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि मंगलबार बन्द गरिएको डायलासिस सेवा निर्मलीकरण गरेपछि आजबाट सेवा सुचारु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा झाले जानकारी दिए ।
सङ्क्रमित थप भएकामा राजविराज नगरपालिकाको विभिन्न वडाका ४४ र हनुमाननगर कङ्कालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र महादेवा गाउँपालिकाका छ जना सङ्क्रमित छन् । कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले सोमबार मध्य रातिदेखि निषेधाज्ञा हटाएको छ ।
योसमेत सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये १०५ महिलासहित ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । जिल्लामा सङ्क्रमतिमध्ये मृत्यु हुनेको सङ्ख्या एक महिलासहित नौ पुगेको यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार