मन्त्रीको भागबण्डा मिलाउन पर्सी नेकपाको सचिवालय बैठक डाकियो
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बिहिबार ०:५७:१
३१ भदौ, काठमाडौं । आन्तरिक विवाद मत्थर भएपछि सोही सहमतिअनुसार मन्त्रीको भागबण्डा मिलाउन सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । पर्सी शुक्रबार पेरिसडाँडामा नेकपाको सचिवालय बैठक डाकिएको हो ।
बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल हुनेछ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिअनुसार मन्त्रिपरिषदमा मन्त्री हेरफेर गर्ने चर्चा छ । भागबण्डा मिलाउन प्रदेशस्तरमा पनि मन्त्री हेरफेर गर्ने तयारी नेताहरुको छ ।
आन्तरिक विवाद मिलाउन मन्त्री हेरफेरमा भागबण्डा मिलाउने सुझाव नेकपाको कार्यदलले दिएको थियो । चर्चा यतिसम्म थियो कि, कार्यदलमा रहेका सबै ६ जना नेता नै मन्त्री बन्ने छन् । त्यसमा असन्तुष्ट रहेका ओलीले मन्त्रिपरिषद बैठकमै तत्काल कोही मन्त्री नहट्ने भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिएका थिए ।
तर खाली रहेका मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्नुपर्ने भएपछि नेकपाको सचिवालयमा यो विषय एजेन्डा बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार