बल्ल सांसद बने बामदेव, राष्ट्रपतिद्धारा राष्ट्रियसभा सदस्यमा मनोनित
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बिहिबार ५:३८:४
३१ भदौ, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम सांसद बनेका छन् । प्रतिनिधिसभा चुनाव हारेका बामदेवलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि उनी सांसद बनेका हुन् ।
शीतलनिवास स्रोतका अनुसार बुधबार अबेर मात्रै राष्ट्रपति भण्डारीले बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा तत्कालै राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको शीतलनिवास स्रोतले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअघि नेकपाको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकबाट अनुमोदन गराएर राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा बामदेव बर्दियाबाट पराजित भएका थिए । चुनाव हारेका व्यक्तिलाई नेकपाले सांसद बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार