बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
असोज १, २०७७ बिहिबार २२:४७:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-5_H7CMassNuZ.png)
१ असोज, काठमाडाैं । प्रतिरोध क्षेत्रलाई तोड्दै बजारमा आकर्षक वृद्धि देखिएको छ । नेप्से परिसूचक ३० दशमलव ७८ अंकले वृद्धि हुँदै १५७२ दशमलव १८ को विन्दुमा बन्द भएको छ । आज १९१ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ७२ करोडको शेयर कारोवार भएको छ ।
आज बजार १५५५ दशमलव ८६ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु ११ बजेर १७ मिनेटमा १५४६ दशमलव ६८ रहेको थियो । बजारले २ बजेर २० मिनेटमा १५७८ को उच्च विन्दु समातेको थियो ।
आज वाणिज्य बैंक उपसुचकमा आएको वृद्धिका कारणले गर्दा समस्त बजार २ प्रतिशत भन्दामाथि बन्द हुन सहयोग पुगेको छ । होटल, पर्यटन व्यवसाय खुकुलोको कुरासँगै होटल उपसुचक पनि ९ प्रतिशत माथि वृद्धि भएको छ।
लामो समयदेखि हाईड्रोपावर उपसुचकमा लगातार वृद्धि देखिएको छ । वित्तीय अवस्था निकै नराम्रा भएका केही हाईड्रोपावरमा समेत प्रत्येक दिन दश प्रतिशत वृद्धि हुँदै आएकाे छ । तर अहिलेको हाईड्रोपावरको बुलमा लगानीकर्ताहरुले अन्धाधुन्ध नराम्रा हाईड्रोपावरमा समेत लगानी गर्दा जोखिमको अवस्था सिर्जना हुन सक्छ ।
समयमा वित्तीय प्रतिवेदन प्रकाशन नगर्ने, जगेडा कोष दिन प्रति दिन ऋणात्मक भएका, आयोजना सम्पन्न गरेका तर पनि नोक्सानीमा लामो समय चल्दै आएका, आयोजना कहिले सम्पन्न हुने त्यो थाहा नभएका र निकै धेरै वर्ष लाभांश दिन नसक्ने अवस्थाका हाईड्रोपावरमा लगानीकर्ताहरु सधै जोखिममा हुन्छन् ।
निम्न हाईड्रोपावरको शेयरमा लगानीकर्ताहरुले ध्यान दिनु पर्ने छ :
✍ कम्पनीको विधुत बिक्री आय कति छ त्यो कुरामा प्रमुख ध्यान दिनुपर्छ । यदि बिधुत बिक्री आय नै नभएको कम्पनी हो भने सो आयोजना कहिले पुरा हुन्छ र कति आम्दानी वार्षिक रुपमा आउँछ त्यो कुराको जानकारी लिनुपर्छ ।
✍ जगेडा कोष दिन प्रति दिन ऋणात्मक हुँदै गएका हाइड्रोपावरमा लगानी गर्नु जोखिम हुन सक्छ । जगेडा कोष ऋणात्मक हुँदा कम्पनीले कमाएको नाफा जगेडा कोष सकारात्मक बनाउनमा प्रयोग हुने गर्छ। निकट भविष्यमा जगेडा कोष सकारात्मक हुने क्रममा छ भने त्यस्तो हाईड्रोपावरलाई नराम्रो मान्न मिल्दैन ।
✍ आयोजना समपन्न गरेका तर नोक्सानीमा चलिरहेका हाइड्रोपावरबाट जोगिनु पर्छ ।
✍ किताबी मूल्य एक सय भन्दा मुनी भएका हाईड्रोपावरहरुबाट लाभांश पाउने सम्भावना एकदमै कम हुन्छ ।
✍ धेरै नाफा, धेरै प्रतिशेयर आम्दानी र कम मूल्य आम्दानी अनुपात भएका हाईड्रोपावर कम्पनीहरु छान्दा राम्रो हुन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६०० । प्रतिरोध १ः १५७८ । टेवा १ः १५६० । टेवा २ः १५४०
✍आज शेयर बजार बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले “बुलिस” मैनबत्तीको चित्र बनाएको छ। यसले आज बजारमा क्रेताको चाप रहेको जानकारी गराउँदछ।
✍परिमाणले आजको मैनबत्तीलाई समर्थन गरेकोले बजार अझ सकारात्मक हुन सक्ने संकेत गरेको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ७५ दशमलब ४४ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको जानकारी गरेको छ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले बजारमा केहि समयदेखि माग बढेकोे जनाकारी गराएको छ। केहि समयदेखि रहेको १५६० को बलियो प्रतिरोधलाई बजारले निश्चित रुपमा तोढ्न खाजेको छ।
✍ यदि बजार १५६० भन्दा माथि स्थिर रहेमा बजार पुन सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै बजारले १६५०को बलियो प्रतिरोधलाई सामना गर्न सक्ने देखिन्छ। १५६० अब तत्कालिन टेवामा परिणत भई सकेको छ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपाल बहस हुने छैन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार