प्रजातन्त्र बलियो बनाउन फरक विचार बोक्ने शक्ति आवश्यक छ : अध्यक्ष थापा
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार १:२०:१०
१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताउनुभएको छ । उनले भने“प्रजातन्त्रको सौन्दर्य फरक विचार हो ।
यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ । ” पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उहाँले पार्टीलाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्ने बताए।
उनी पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहेका छन । केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरीक अवस्था एवम् भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षलाई जानकारी गराउनुभएको पार्टीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा जिल्ला अध्यक्षले जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा दिनुभएको थियो । बैठकमा ५१ जिल्लाका अध्यक्ष सहभागी हुनुभएका केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
जेठ २०, २०८१ आइतबार
काठमाडौं महानगरले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्छ : उपप्रमुख डंगोल
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार