सरकारले जनताको लागि न्यूनतम काम नगरेको नेता सिंहको आरोप
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १७:३६:५२
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताको लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको आरोप लगाएका छन् । लौह पुरुष गणेशमान सिंहको २३औं स्मृति दिवसका अवसरमा शुक्रबार चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।
मेडिकल सामग्री खरिदमा समेत घोटालाा हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाइ थियो । दुईतिहाइ नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाउँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए ।
देश संघीयतामा गइसके पनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै सिंहले संविधानको मर्म र भावनाविपरीत नजान पनि सरकारलाई सचेत गराए । जनताले झन्डै दुईतिहाइ मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यति होल्डिङ्स, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत कान्डमा मुछिएको उनले टिप्पणी गरे ।
लौह पुरुष गणेशमानबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिन सके देश र जनताको हित हुने बताए । “नेपालका सक्रिय राजनीतिक दलका नेता-कार्यकर्ताहरुले जुन सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा उनले दिएका छन, त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपाल र नेपालीको भलो हुन्छ,” उनले पिता गणेशमानलाई स्मरण गर्दै भने ।
उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न छ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको पनि बताए । प्रजातान्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकै कारण गणेशमानलाई नेपाली जनताले सधैँ सम्झिरहने सिंहको भनाइ थियो ।
नेता सिंहले गणेशमानको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आह्वानमा भएको २०४६ सालको जनआन्दोलनमा कम्युनिस्ट पार्टीहरूले नेतृत्व स्वीकारेको पनि सिंहले बताए । सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्तभन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार