नेताहरुबीच सहमति नजुट्दा सचिवालय बैठक स्थगित
कुसुम सेञ्चुरी
असोज २, २०७७ शुक्रबार १९:१४:४४
२ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने क्रममा नेताहरुबीच सत्ता बाँडफाँडको सहमति भएबमोजिम प्रक्रिया अगाडि बढाउन आज बिहानका लागि तय गरिएको सचिवालय बैठक एकाएक स्थगित भयो ।
सहमतिको खाका तयार भइसकेपछि पनि पार्टी नेताहरु एकअर्कालाई विश्वास गर्ने अवस्थामा नपुगेकाले नै बैठक स्थगित भएको बुझिएको छ ।
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अझै विवाद मिल्न नसकेकोले नै आजको सचिवालय बैठक रोकिएको हो । बिहान साढे ९ बजे सचिवालय सदस्यहरुको मोबाइलमा घण्टी गयो । महासचिव विष्णु पौडेलले आजका लागि तय गरिएको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित भएको जानकारी दिए ।
पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अन्तिम अवस्थामा आएर बैठक स्थगित गर्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।
हरेक बैठक अन्तिम समयमा आएर स्थगित भएको सूचना दिने बढो अनौठो तरिका रहेछ नेताहरुको – उनले भने । सचिवालय बैठकको अजेण्डा नै पार्टीमा भएको सहमति अनुसार मन्त्रिपरिषदमा पुनर्गठन गर्ने भन्ने थियो ।
दुई अध्यक्षबीच भएको छलफलमा पुनर्गठनको मोडालिटीबारे सहमति जुटिसकेको छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे पटकपटक छलफल गरेपनि सहमति बनेको छैन । त्यसैले आजको लागि तय गरिएको सचिवालय बैठक पर्सिसम्मका लागि स्थगित भएको हो– बालुवाटार निकट स्रोतले भन्यो ।
ओली अहिले रहेका मन्त्रीहरुलाई यथावत् राखी खाली मन्त्रालयमा प्रभावशाली सदस्यलाई थप्न चाहन्छन् भने प्रचण्ड र माधवकुमार नेपाल भने एउटा मोडालिटी नै बनाएर ठूलै फेरबदल गर्न चाहन्छन् । यही विषयमा दुई अध्यक्षबीच सहमति बनिसकेको छैन, त्यसैले बैठक स्थगित गरिएको हो – स्रोतको भनाई छ । तर ओली र प्रचण्डबीच शीर्ष नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने विषयमा नै मत बाझिएको बुझिएको छ ।
प्रधानमन्त्री ओली हिजो मात्रै संघीय संसदको सदस्य बनेका पार्टी उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा ल्याउन चाहन्छन् । तर मन्त्रालयबारे भने उनी खुलेका थिएनन् । तर प्रचण्ड–माधव समूहले भने ओलीलाई गाल्ने दाउमा देखिए । गौतमलाई अर्थ र श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लबिङ गर्न थाले । प्रचण्डले ओलीसँगको कुराकानीमा यही आशय प्रकट गरे ।
त्यसले ओलीलाई झस्कायो । उनी गौतम र श्रेष्ठलाई मन्त्री बनाउन आफैं चाहन्थे । तर यहाँ पनि प्रचण्ड र नेपालले खेलेको अनुभव ओलीले गरे ।
आजको सचिवालय बैठक अगावै एउटा सहमतिको खाका लिएर जाने तयारीमा ओली थिए । त्यसका लागि धेरैपटक छलफल पनि गरे । तर सहमति जुटेन । प्रचण्ड नै सहमति जुटाउनेतिर लागेनन् । किनभने सचिवालय बैठकमा नेपालसँग मिलेर गौतमलाई अर्थ र श्रेष्ठलाई परराष्ट्र मन्त्री बनाउने प्रस्ताव पास गर्ने दाउमा प्रचण्ड थिए ।
यसको सुईको पाएका ओलीले हिजो साँझसम्म केही भनेनन् । सहमति बेगर बैठकमा बस्दा प्रस्ताव पारित हुने अनुमान उनले गरे । त्यसैले बिहानै महासचिवमार्फत सचिवालय बैठक नै स्थगित भएको सूचना सम्प्रेषण गरियो । नेकपाको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको सचिवालयमा बहुमत कायम राख्न नेताहरुबीच होडबाजी नै चल्ने गरेको छ । ओलीले प्रचण्डको साथमा बिगतमा नेपाल समूहलाई तह लगाएकोमा पछिल्लो समय भने परिस्थिति बदलिएको छ । प्रचण्ड र नेपालबीच हिमचिम बढेपछि सचिवालयमा ओली अल्पमतमा परेका हुन् । तर बेलाबेला बामदेव गौतमको अस्थिरताका कारण प्रचण्ड– नेपाल समूह कमजोर देखिने गरेका छन् ।
सचिवालय सदस्यहरुमध्ये बामदेव र श्रेष्ठ मात्रै संघीय संसदमा थिएनन् । ओलीलगायत प्रचण्ड, नेपाल, झलनाथ खनाल, विष्णु पौडेल र ईश्वर पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका हुन् भने रामबहादुर थापा राष्ट्रियसभा सदस्य थिए । गौतम र श्रेष्ठ भने प्रतिनिधिसभामा पराजित भएकाले संघीय संसदमा प्रतिनिधित्व गर्नबाट बञ्चित थिए । अब भने उनीहरु पनि राष्ट्रियसभामा पुगेका छन् । गौतम र श्रेष्ठलाई साथ लिन सक्दा सचिवालय बैठकमा बहुमत जुट्ने भएकाले दुबै पक्षको रुची उनीहरुलाई रिझाउने रहेको देखिन्छ ।
नेताहरुको स्वार्थ मिल्दा सबै सचिवालय सदस्य संघीय संसदमा पुगेका छन् । उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा ओली र प्रचण्डको चासो बढेको छ – नेकपाका एक स्थायी समिति सदस्यले भने । सबैको चाहना पूरा भएको छ, मात्र त्यसलाई कसरी उपयोग गर्ने भन्नेमा नेताहरु अल्झिएका छन्– उनले भने ।
ओलीको चाहना भनेको गौतमलाई अर्थ मन्त्रालय भन्दा अरु नै दिने छ भने श्रेष्ठलाई शिक्षा दिने चाहना रहेको छ । तर प्रचण्ड र नेपालले भने गौतम र श्रेष्ठको साथ पाउन अर्थ र परराष्ट्र दिने प्रस्ताव पारित गराउन लागेका हुन् । यस्तो अवस्था आउँदा प्रधानमन्त्री ओली कमजोर हुने ठानेर नै थप गृहकार्य गर्न खोजिएको हो– बालुवाटार निकट स्रोतको दाबी छ ।
गौतमलाई आफ्नो कित्तामा राख्न प्रचण्ड नेपाल समूहले यस्तो रणनीति अपनाएका हुन्– स्रोत भन्छ । तर प्रधानमन्त्री ओली पनि कमजोर छैनन् । सकेसम्म गौतमलाई आफ्नो कित्तामा ल्याएर मात्रै मन्त्री बनाउने नत्र राष्ट्रियसभामा मात्रै सीमित बनाउने पक्षमा ओली रहेका छन् । प्रचण्ड र नेपालले फेरिपनि खेल्न थाल्ने हो भने मन्त्रिमण्डल पुनर्गठन अझै लम्बिने छ– उनले भने । गौतम आफ्नो कित्तामा आउने निश्चित नभएसम्म ओलीले उनलाई मन्त्री बनाउने सम्भावना नरहेको पनि उनको दाबी छ ।
गौतमको अस्थिर स्वभावका कारण ओली अझै आश्वस्त भइसकेका छैनन्, त्यसमाथि प्रचण्ड र नेपालले उनको व्यक्तिगत मनोकाँक्षा बढाउने काम गर्न थाले भने अहिलेलाई पुनर्गठन नहुनपनि सक्ने ती नेताले संकेत गरे । तर बालुवाटार निकट स्रोत भन्छ– प्रधानमन्त्री ओलीले गौतमलाई जसरी भएपनि फकाउने छन्, अर्थमन्त्रालय बाहेक जुनसुकै मन्त्रालय दिन उनी तयार भएकाले सबै मिल्छ ।
पहिलोपटक पूर्व माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडास्थित पार्टी कार्यालयमा सचिवालय बैठक डाकिएको थियो । पार्टीको कार्यकारी अध्यक्ष भएको सन्देश प्रवाह गर्नकै लागि प्रचण्डले पेरिसडाँडामा बैठक डाकेका थिए ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपतीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार