बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार २२:०:४
२ असोज ,दमौली । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरका व्यवसायीको करोडौं लगानी जोखिममा परेको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी होटल व्यवसायमा गरिएको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुरमा नयाँ होटल निर्माण भएपनि लगत्तै भएको बन्दाबन्दीले व्यवसायी मारमा परेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिए । “भ्रमण वर्ष लक्षित गरेर व्यवसायीले नयाँ होटल निर्माण गरे, पुरानो होटल व्यवसायीले पनि मर्मततर्फ लगानी गरेका थिए”, उनले भने , “तर कोभिड–१९ का कारण नेपालमा बन्दाबन्दी भयो, जसका कारण होटल व्यवसायीको लगानी खतरामा परेको छ ।”
विशेषगरी बाह्य पर्यटकले धानेको बन्दीपुरको पर्यटनलाई अब कसरी ब्युँझाउने भन्नेमा व्यवसायी छलफलमा रहेको अध्यक्ष प्रधानले जानकारी दिए । “बन्दीपुर विशेषगरी विदेशी पर्यटकले धानेको नगर हो, कोभिड–१९ का कारण यहाँको व्यवसाय पूरै धाराशायी स्थितिमा पुगेको छ”, उनले भने , “यसलाई फेरि पुर्नजीवित गराउन आवश्यक छ ।” सरकारले असोज १ गतदेखि होटल तथा रेष्टुरेण्ट खोल्न अनुमति दिएसँगै होटल व्यवसायीले होटल तथा रेष्टुरेण्ट खोलेका छन् । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गरिने अध्यक्ष प्रधानको भनाइ छ । “साउन १५ गतेदेखि सरकारले होटल खोल्न भनेपछि हामीले होटल खोल्यौ, तर केही दिनमै पुनः बन्द गर्ने निर्णय भयो”, उनले भने ।
होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भ्रमण वर्ष तयारी गरेर लगानी गरेका व्यवसायी लगानी डुब्ने हो की भन्ने चिन्तामा रहेको बताए । “कतिपय होटल नयाँ खुले, कतिपयले पुराना होटल मर्मत गरेर सेवा विस्तार गरे”, उनले भने, “तर लगत्तै भएको बन्दाबन्दीले व्यवसायीलाई मार प¥यो ।” व्यवसाय सञ्चालन गरिएपनि पर्यटक आउने नआउने अझै द्विविधा रहेको उनले बताए । “विदेशी पर्यटकको त अहिले सम्भावना रहेन, तर स्वदेशी पर्यटक आउने आशा छ”, उनले भने , “सबै मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न व्यवसायी तयार छन् ।” गत वर्ष डेढ लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । भ्रमण वर्ष २०२० मा तीन लाख भन्दा बढी पर्यटक बन्दीपुर आउने अनुमान थियो ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायत हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार