सुविधासम्पन्न अस्पतालमा डा.केसीलाई तुरून्तै स्थानान्तरण गर्न साझाको माग
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार १:६:२९
२ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राखेर जुम्लामा अनशसनमा बसेका डा. गोबिन्द केसीलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न साझा पाटीले माग गरेकाे छ ।
डा. केसीले जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा शुरु गरेको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउन देशका विभिन्न ठाउँबाट आएको साझा पार्टीको बिशेष टोली अहिले सत्याग्रह स्थलमा छ।
यसअघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन्। उनलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नु पर्ने चिकित्सकहरूको सुझाव छ। तसर्थ, डा केसीका जनमुखी माग र उनको स्वास्थ अवस्थाका बारे हामी सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ साझाद्धारा विज्ञप्तिमा जनाइएको छ ।
डा. केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिस्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो।
तर विडम्वनाको कुरा, सामान्य अवस्था होस् या अहिले कोभिड-१९ को असामान्य अवस्था, सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ विज्ञप्तिमा भनिएकाे छ । यस्तो अवस्थामा डा केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यको बाँध टुटाउने छ र त्यसको मूल्य सरकारका लागि भारी हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार