नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १४:२८:५२
४ असोज, बाँके । बाँकेकाे नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको हाे ।
मृतक पुरुषमा फोक्सो दुवै तर्फ निमोनिया देखिएको थियो। स्वास्थ्य समस्या देखिएपछि भदौ २० गते साँझ अस्पतालमा भर्ना गरिएको थियो। त्यही राती स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। यसैबीच, आज ४१ जना डिस्चार्ज हुँदैछन्। भदौ २१ गते संक्रमित भएका उनीहरु निको भएर घर जाँदैछन्। डिस्चार्ज हुनेमा करिब एक दर्जन प्रहरी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार