शैक्षिक संस्थाको पठनपाठनका लागि प्रक्रिया शुरु
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १४:५४:५२
४ असोज, भजनी । कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया शुरु गरेका हुन् ।
असोज १ गतेबाट विद्यालयहरुले विद्यार्थी भर्ना कार्यक्रम शुरु गरेका छन् । लामो समयसम्मको बन्दका कारण विद्यालय जानबाट वञ्चित बालबालिका पनि विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् । टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका काम शुरु गरेका छन् भने सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् ।
टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन शुरु हुने गरी प्रक्रिया अगाडि बढेको बताए । “हामीले विद्यालय सञ्चालनका लागि छलफल शुरु गरेका छौँ । विद्यालय नै खोलेर पठनपाठन गर्न सक्ने अवस्था पनि छैन”, उनले भने, “अहिले विद्यार्थी भर्ना तथा अभिलेखीकरणको काम विद्यालयले शुरु गरेका छन् । अभिलेखीकरणको काम सकिएपछि कसरी अगाडि बढ्ने ? भन्ने विषयमा छलफल गरी पठनपाठनलाई सहज गराइने छ ।”
सरकारले यसअघि नै वैकल्पिक अनलाइन तथा रेडियो शिक्षालाई सञ्चालनका लागि आह्वान गरे पनि सबै विद्यालय अनलाइन इन्टरनेटको पहुँचमा नहुँदा नगरपालिकामा शैक्षिक गतिविधि अगाडि नबढेको भन्दै चौधरीले आगामी दिनमा भने आवश्यकतानुसार विद्यार्थीलाई पठनपाठनमा जोड्नका लागि सहजीकरण गरिने बताए । टीकापुर नगरपालिकामा ३४ सामुदायिक र ४० निजी तथा संस्थागत विद्यालयमा करिब ४५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
त्यस्तै भजनी नगरपालिकामा पनि पठनपाठन सञ्चालन गर्नका लागि प्रक्रिया अगाडि बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले बताए । उन्ले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण गर्ने काम शुरु भएको बताउँदै सरकारले जारी गरेका मापदण्डानुसार शैक्षिक गतिविधि अगाडि बढाइने बताए । “अहिले विद्यार्थीको भर्ना तथा अभिलेखीकरण र पाठ्यपुस्तक वितरणको काम भइरहेको छ”, अवस्थीले भने, “विद्यालयका शिक्षक तथा अभिभावकहरुसँग छलफल भइरहेको छ । सबैको सुझाव सल्लाहका आधारमा विद्यालय सञ्चालनका लागि निर्णय लिनेछौँ ।” भजनी नगरपालिकामा ३९ सामुदायिक र १५ निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले केही संस्थागत विद्यालयले पहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा हप्तामा दुई विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरणका लागि विद्यालय सञ्चालन गरिने बताए । उनले सीमित विद्यार्थीलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामग्री उपलब्ध गराइने र आवश्यक गृहकार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको बताए ।
“हामीले माथिल्लो कक्षाका सीमित विद्यार्थीलाई सामाजिक दूरी कायम हुने गरी विद्यालयमै पठनपाठनको माग गरेका छौँ”, जिल्ला अध्यक्ष रेग्मीले भने, “त्यसो नभए गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्न सके पनि केही सहज हुनसक्छ । हामीले शिक्षक र विद्यार्थीलाई आलोपालो गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पठनपाठनलाई सहजीकरण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ ।”
प्याब्सन स्थानीय पालिका कार्यसमिति टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यार्थीलाई रोल नम्बरका आधारमा जोर÷बिजोर प्रणालीबाट विद्यालयमै पठनपाठन शुरु गरिनुपर्ने बताए। उनले स्थानीय सरकारलाई विद्यालय सञ्चालनको जिम्मा सरकारले दिएको भन्दै आफूहरु स्थानीय सरकारको निर्णय पर्खेर बसेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार