आज नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १५:२:१३
४ असाेज, काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक आइतबार बस्दैछ । आज नेकपाको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको छ ।
पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।
बिहान ११ बजे हुने बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा पनि छलफल हुने बताइएको छ । बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने एब नेताले बताए ।
यस्तै, बैठकमा मुलुकमा झन भयानक बन्दै गएको कोरोना महामारी नियन्त्रणलगायत सरकारका अन्य कामकारवाहीबारे पनि समिक्षा हुनेछ, नियन्त्रणका लागि उपयुक्त सुझाव समेत पेश गर्ने तयारी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार