जोखिमयुक्त बस्ती सार्न जग्गा खोजिदै
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १८:०:४८
४ असोज, म्याग्दी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरु भएको छ । भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो ।
गाउँको फेदीदेखि शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । “करिब डेढ दशकदेखिको चौरखानीको पहिरो यो वर्ष थप सक्रिय भएको छ”, उनले भने, “नियन्त्रण सम्भव नभएपछि बस्तीनै सार्नका लागि पहल गरेका हौँ ।”
स्थानीयवासीले रोजेको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन गरेर उपयुक्त भएको सिफारिस गरेको आधारमा स्थानान्तरणका लागि छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । उनका अनुसार पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि सङ्घीय सरकारले रु एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ । अन्यत्र जग्गा नभएकाका लागि निजी जग्गा नपाए सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ ।
बाउन्न घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ । आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गाउँको बीचमा ठाडो चिरा पारेको पहिरोका चौरखानीमा एउटा सामुदायिक भवन र एउटा घर भत्किएको छ ।
गाउँपालिकाको रु पाँच लाख र स्थानीयको रु नौ लाख खर्चेर दुई वर्षअघि निर्माण गरिएको सामुदायिक भवन चिरा परेर भत्किएको छ । नरप्रसाद छन्त्यालको घर भत्किएको र अन्य ११ वटा घरको पर्खाल चर्किएर जोखिममा परेको वडाध्यक्ष गमान छन्त्यालले बताए ।
थमबहादुर छन्त्याल, उद्दिमबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल, रैमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्कमान छन्त्याल, नरमान छन्त्याल, दलप्रसाद विक र पूर्णमान छन्त्यालको घरको पर्खाल चर्किएर ढल्किएको छ । भिङखानी भूमे युवा क्लबको खेलमैदान भत्किएको छ ।
दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट शुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रामप्रसाद छन्त्यालले बताए ।
विसं २०६४ मा शुरु भएको पहिरो ग्यावीयन पर्खाल र भल व्यवस्थापन गरेपछि केही वर्ष रोकिएको थियो । यो वर्ष अत्यधिक वर्षाका कारण पहिरो सक्रिय भएपछि जोखिम बढेको हो । खेतबारी र जङ्गल चिराचिरा परेको छ । घरको पर्खाल चर्किएर ढल्किएको स्थानीय थममाया छन्त्यालले बताए । भित्रभित्रै जमिन बगरिहेको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार