मिति नलेखिएको चाउमिन र पानीपुरी बिक्रीमा रोक
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २२:७:०
४ भदौ, काठमाडौं । पछिल्लो समय अखाद्य वस्तु मिसाइएको भन्दै काठमाडौं महानगरले चामल, चाउमिन र पानीपुरी बिक्रीमा रोक लगाएको छ । महानगरको अनुगमन समितिले उत्पादन मिति नलेएिको चामल, पानीपुरी र चाउमिन बिक्रीमा रोक लगाएको हो ।
महानगरको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेर २५ प्याकेट पानी पुरी र १५ प्याकेट खुल्ला चाउमिन नष्ट गरेको छ । साथै २ सय बोरा चामल बिक्रीमा रोक लगाएको छ ।
गोङ्गबुमा सञ्चालित श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको समितिले जनाएको छ । श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० किलोको बोरामा उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य उल्लेख नगरिएको पाइएको थियो ।
यस्तै प्रतिकिलो एक सय रुपैयाँमा प्याज बिक्रिी गर्ने गोकर्णेश्वरको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारलाई समितिले वाणिज्य विभागमा हाजिर हुन आदेश दिएको छ । गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको करीब २५ प्याकेट पानीपुरी र स्कुटरमा राखेर खुल्ला बेच्दै गरिएको १५ प्याकेट खुल्ला चाउमिन पनि समितिले नष्ट गरेको छ ।
अनुगमनका क्रममा सानो भर्याङ्मा सञ्चालित माँ भवानी टे्रडर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको तथा खरिद बिक्री बिल अद्यावधिक नगरेका आरोपमा आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन आदेश दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार