शम्भुजीत, डब्बु र सरिताले ल्याए पहिलो भेटमै…
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २२:४९:२०
४ आसोज, काठमाडौं । नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन् ।
जसमा बजाई देउ बाजा…र पहिलो भेटमा…बोलको गीत रहेको छ । सो क्रममा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेकोे बताए । सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बासकोटाले शुभकामना पनि दिए ।
यस अघि मेरो जवानी…, लुडो र तास…, कोरोनाले देशै रायो…रातो सारी लरक्कै…जस्ता सिँगल ट्रक यलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेश्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराईन् । बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन् ।
गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अबसर जुरेको बताए । अब बासकोटासंग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे । बजाई देउ बाजा लोक पप शैलीको गीत हो । जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ ।
यो गीत नृत्यप्रधान बनेको छ । गीतको भिडियो भने केही साता पछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए । यस्तै यो सँग्रहमा रहेको अर्को गीत पहिलो भेटमै…लाई जुगल डंगोलले संगीत गरेका हुन् । दुबै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो । यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन् ।
यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो । यसैबीच पहिलो भेटमै…गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
हनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
पुष २८, २०८१ आइतबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार