नेकपामा कुन कुन मन्त्रीलाई हटाउने भन्नेमा ओली र प्रचण्डबीच विवाद
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २३:२४:३४
४ असोज, काठमाडौं । सरकारका काम कारबाही बारेमा गम्भीर छलफल भएको नेकपाको सचिवालय बैठकमा कुन कुन मन्त्रीलाई हटाउने भन्नेमा विवाद भएको छ । खासगरी देखिने भन्दा नदेखिने गरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच विवाद देखिएको हो ।
प्रधानमन्त्री ओली पहिलेदेखि मन्त्री भएकाहरु समेतलाई हटाउन तयार देखिएका छन् । यसबाट प्रचण्ड भने झस्किएका छन् । प्रचण्डकी बुहारी बिना मगर समेत मन्त्री रहेकाले उनको कुर्सी जोगाउन प्रचण्ड ओलीको प्रस्तावबाट तर्सिएकाे नेकपा नेताहरुको भनाई छ ।
अरु धेरै मन्त्रीलाई बिदाई गर्न प्रचण्ड तयार भएपनि बिनाका विषयमा भने तयार भइनसकेको नेकपाका नेताहरुको भनाई छ । मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितताका कारण बिना अलोचित छन् । यसपटक उनलाई हटाउनैपर्ने दवाव पनि तीब्र छ । तर ओली भने बिनालाई हटाउन तयार देखिएका छैनन् ।
ओलीले भने शुरुदेखि मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेलसम्मलाई हटाउन तयार रहेको स्पष्ट प्रतिक्रिया बैठकमा दिएका छन् । प्रचण्ड भने बिना मगरलाई मन्त्री बनाई राख्नुपर्नेमा अडान लिइरहेका छन् ।
प्रचण्डले अडान लिन थालेपछि ओली पनि रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतलाई कायमै राख्नुपर्ने वा हटाउन नहुनेमा अडान लिने देखिन्छ । जबकी दुवै जनालाई हटाउनुपर्ने दबाब नेकपाभित्र र बाहिर बढ्दै गएको छ ।
यसले पनि मन्त्रीमण्डल तत्कालै फेर्ने तर क कसलाई मन्त्री बनाउने र हटाउने भन्नेमा ओली प्रचण्डबीच विवाद देखिएको हो । यसबारेमा भोलि फेरि पेरिसडाँडामा बस्ने सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार