धरान उपमहानगरपालिकाको कर भुक्तानी अब कनेक्ट आईपीएसमार्फत
नेपालबहस संवाददाता
असोज ४, २०७७ सोमबार १:५२:३९
४ असोज, काठमाडौं । स्थानीय सरकारको कर भुक्तानीसमेत अनलााईनबाटै गराउने गरी धरान उपमहानगरपालिका कनेक्ट आईपीएससँग आबद्ध भएको छ । अबदेखि जनताले विभिन्न शीर्षकमा तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी connectIPS e-Payment मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ । धरान उपमहानगरपालिका connectIPS मा राष्ट्रिय वाणिज्य बैंकमार्फत आबद्ध भएकोे हो ।
यस सुविधासँगै अब धरान उपनगरपालिकाका करदाताले उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी connectIPS e-Payment मार्फत अनलाईनबाटै भुक्तानी गर्न सक्नेछन् ।
साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भईरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजता हुने विश्वास गरिएको छ ।
अब उपमहानगरपालिकाको राजश्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालयमार्फत एकपटक मोवाईल नम्बर र ईमेल ठेगाना आबद्ध गरी सकेपछि www.eservice.dharan.gov.npd मा गई आफ्नाे युजर नेम र पासवर्ड प्राप्त गरी सोझै आफ्नोे बैंक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।
यसरी अनलाईन कर तिर्नका निम्ति करदाताले कनेक्ट आईपीएस प्रणालीमा पनि आफू अथवा भुक्तानी गर्न सहयोग गर्ने व्यक्ति आबद्ध भएको हुनुपर्ने हुन्छ । कुनै समस्या आएमा वा बुझ्नुपरेमा [email protected] मा करदाताले आफ्ना जिज्ञासा राख्न सक्नेछन् र connectIPS को बारे थप जानकारी www.connectips.com मा उपलब्ध भएको बताइएको छ ।
connectIPS Payment प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, लगायत सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा शेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारोवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार